केही हप्ता अगाडी पश्चिम म्याग्दीको दरवाङमा हार्डजोर्नी सम्बन्धि शिवीरको प्रचारप्रसार गरिएको थियो ।दुईदिन सम्म सञ्चालन हुने शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ आउने भनिएपनि नाम सार्वजनिक गरिएको थिए । पश्चिम म्याग्दीका सबैजसो वडामा स्वास्थ्यकर्मी मार्फत सर्वसाधारणमा सुचना प्रवाह गरिएको थियो । आइतबार विहान जिल्ला स्वास्थ्यमा अनुमति लिएर आफै औषधी लिएर दरवाङ पुगेपछि स्वास्थ्यकर्मी नै दंग परेका थिए ।

मेडिकल माफिया विरुद्ध संघर्ष गरिरहेका डा.केसी पश्चिम म्याग्दीका जनताको सेवामा आएको जानकारी पाएपछि विरामीको चाप बढेको छ । सोमबार र मंगलबार दुईदिनसम्म सञ्चालन हुने शिविरमा पश्चिम म्याग्दीका साविकका विभिन्न गाविसबाट सर्वसाधारणहरु शिविरमा आएका छन् ।‘आफ्नो नाम लिएर प्रचारप्रसार नगर्न अनुरोध गर्नुभएको थियो ।

विरामीको सेवा गर्न लागेपछि कसैसंग बोल्नुहुदैन्’ प्राथमिक स्वास्थ्य केन्द्र दरवाङका प्रमुख डा. राजेन्द्र पौडेलले भने । उनका अनु्सार मंगलबार शिविर सम्पन्न हुने छ । चारबर्ष अगाडी समेत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द्र केसी म्याग्दीको सदरमुकाम बेनीमा स्वास्थ्यसम्बन्धि जानकारी दिन आएका थिए । जिल्ला अस्पताल म्याग्दी, स्वास्थ्य तथा उपस्वास्थ्य चौकी र इलाका स्वास्थ्य चौकीका समान्य पलाष्टर गर्दा अपनाउने गरिएको विधिलाई डाक्टर केसीको तालिमले जिल्लाभर त्यसको विधि परिवर्तन गरिएको थियो ।