धौलागिरी गाउँपालीकाको केन्द्रको विवाद समाधानका लागि वार्ता हुने

0
161

(सन्तोष गौतम)
धौलागिरी गाउँपालीकाको केन्द्रको बिवाद समाधानका लागि पहल थालीएको छ । गाउँपालीकाको केन्द्र स्थापनाका लागि मुना तर्फ हिडेको टोलीलाई ताकमका बासिन्दाले अवरोध गरेर मंगलबार फर्काएका थिए । जिल्ला समन्वय समितिमा बुधबार बसेको जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुको बैठकले धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिलाई वार्तामा बोलाउने निर्णय गरेको हो ।

समितिको समन्वयमा राजनितिक दलको जिल्ला स्तरीय नेतृत्व र संघर्ष समितिका प्रतिनिधिहरुलाई बिहीबार ११ बजे वार्ताका लागि बोलाइएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।समितिले अनुकुल र सुरक्षित भुवनोट, बस्ती विकासको सम्भावना, पुर्वाधारको उपलब्धता र प्रशासनीक सुगमताका आधारमा ताकमलाई केन्द्र कायम गर्नुपर्ने माग राख्दै आन्दोलन गरीरहेका छन् ।

स्थानीय तह पुनसंरचना आयोगले मुनालाई केन्द्र कायम गरेको छ । जिल्ला प्राबिधिक सहयोग समितिले ताकम वा मुना केन्द्र कायम गर्न सिफारीस गरेको थियो । गाउँपालीकाको केन्द्र र नामको विषयमा निर्वाचित जनप्रतिनिधिले छ महिनाभित्र टुङ्गो लगाउन सक्ने व्यवस्था रहेको छ ।

राजनितिक वृतमा धौलागिरीको केन्द्र ताकम–मुना कायम गर्ने विषयमा छलफल चलेको छ । एउटै गाउँपालीका, नजिक र सिमाना जोडिएका वडाहरु भएकाले कार्यालयहरु बाडेर दुईतिरैबाट सञ्चालन गर्ने वातावरण बनाउन सहमती कायम गराउने विषयमा छलफल केन्द्रित भएको हो । यसैबीच ताकममा अवरोध भएपछि बिचैबाट सदरमुकाम फर्कीएको धौलागिरी गाउँपालीका कार्यालय स्थापना गर्न गएको निमित्त कार्यकारी अधिकृत सोमबहादुर खत्री र वडा सचिवहरुले सुरक्षाको माग गर्नुभएको छ ।

निमित्त कार्यकारी अधिकृत खत्री सहित ८ वटै वडाका सचिवहरुले कार्यालय स्थापना गर्न जाने क्रममा ताकममा अवरोध भएको र सुरक्षाको व्यवस्था नभएसम्म पुन जान नसकिने जिल्ला समन्वय समितिमा जानकारी लिखित पत्र मार्फत जानकारी गराएका छन् । म्याग्दीका अन्य ४ वटा स्थानीय तह कार्यान्वयन प्रक्रिया अघि बढेपनि धौलागिरी संगै रघुगंगामा समेत कार्यालय स्थापना हुन सकेको छैन् । निमित्त कार्यकारी अधिकृत हुमनारायण देवकोटा बिरामी भई बिदामा बसेको र केन्द्रको विषयमा बिवाद हुँदा कार्यालय स्थापना हुन ढिलाई भएको छ ।

रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बुहसंख्यक बासिन्दालाई प्रशासनीक सुगमताका आधारमा मौवाफाँटमा केन्द्र बनाउनुपर्ने माग राख्दै निर्वाचन बहीस्कार गर्ने घोषणा गरेका छन् । बेनी नगरपालीका, मालीका, मंगला र अन्नपूर्ण गाउँपालीकाको भने कार्यालय स्थापना भई नयाँ संरचना अनुसार काम सुरु भएको छ ।