अन्नपूर्ण गाउँपालीकाको शिख र दानामा वडा कार्यालय स्थापना भएको छ । नयाँ स्थानीय तहको संरचना अनुसार साविकको दाना गाविस अन्नपूर्ण गाउँपालीकाको ३ र शिख ५ नम्बर वडा कायम भएको छ । दानामा वडा सचिव लिलाबहादुर चोखालले बुधबार कार्यालय स्थापनासंगै स्थानीय राजनितिक दल, कार्यालयका प्रतिनिधि र अगुवाहरुलाई नयाँ स्थानीय तहको संरचनाको बारेमा जानकारी गराउनु भएको थियो ।

कृषि सेवा कार्यालयका गोपाल भट्टराईले स्वागत गर्नुभएको वडा कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका बेलबहादुर पुन, एमालेका नरसिङ पुन, महिला प्रतिनिधि दुर्गादेवी पाईजाले मन्तब्य व्यक्त गर्नुभएको ईन्द्रसिङ शेरचनले बताउनुभयो ।

यसैगरी शिखमा पनि सरोकारवालाको उपस्थितीमा गाविस सचिव खेमराज पौडेलले औपचारीक रुपमा वडा कार्यालयको उद्घाटन गर्नुभएको त्यहाँबाट बिसन रानाले जानकारी दिनुभयो । मालीका, मंगला र बेनी नगरपालीकामा समावेश भएका तत्कालीन गाविसहरुमा वडा कार्यालय स्थापना गर्ने क्रम जारी छ ।साईनबोर्ड, लेटरप्याड र छाप समेत परिवर्तन गरी नयाँ संरचना अनुसार काम गरिने वडा सचिवहरुले बताएका छन् । सन्तोष गौतम