म्याग्दीको हिस्तानका दुई बालकलाई आफन्तले पर्वत मिलनचोकमा फेला पारेका छन् । मंगलबार दिउँसो बेपत्ता भएका हिस्तानको मण्डली प्राबिको कक्षा ४ मा पढ्ने १० वर्षिय राजकुमार बिक र ८ वर्षिय सुवास रन्तिजालाई प्रहरी, आफन्तको प्रयासमा खोजीकार्य गरिएको थियो । दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्कीएका दिनभर खोजीकार्य भएको थियो ।

विद्यालय पोशाक र झोला सहित रहेका उनिहरु घर नगएपछि खोजीकार्यको क्रममा मिलनचोकबाट सुबासकी आमा देवी रन्तिजा र राजकुमारकी आमा मायाँ विकले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दी र पर्वत प्रहरीले आफ्ना चौकीमार्फत खोजीकार्य गरेको थियो । खोजी गर्ने क्रममा उनिहरुले मंगलबार साँझ पर्वतको मल्लाज लामाखेतमा रहेको आफन्तकहाँ झोला राखेको पाइएको थियो । सोही दिन राती फेला परेका दुवै घर फर्किएका छन् ।