सरकारले म्याग्दीका पाँच गाउँपालिकाका कार्यकारी अधिकृत तोकेको छ । संङ्घीय मामिला तथ स्थानीय विकास मन्त्रालयले देशभरका गाउँपालिकामा एकैसाथ कार्यकारी अधिकृत तोकेको हो । जसअन्र्तरगत मंगला गाउँपालिकका कार्यकारी अधिकृतमा विष्णुप्रसाद पौडेल, मालिका गाउँपालिकामा रोशन ज्ञवाली, धौलागिरि गाउँपालिकामा कृष्णप्रसाद गौतम, रघुगंगा गाउँपालिकामा छविलाल सुबेदी र अन्नतपुर्ण गाउँपालिकामा अच्यूत दाहाल रहेको संङ्घीय मामिला तथ स्थानीय विकास मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

स्थानीय तहको कार्यान्वयनमा गाउँपालिकाका कार्यकारीमा शाखा अधिकृत रहने ब्यवस्था रहेको छ । यसैविच बेनी नगरपालिकाको कार्यकारी अधिृकत अझै टुंगो लागेको छ । नगरपालिकाको कार्यकारीमा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत हुने ब्यवस्था रहेको छ । म्याग्दीमा धौलागिरि र रघुंगगा गाउँपालिकामा केन्द्रको विवादका कारण कर्मचारीले समेत सु्रक्षाको माग गरिरहेका छन् ।

गाउँपालिका कार्यान्वयनमा सरकारले दु्रत गतिमा आफ्ना गतिविधि अगाडी बढाएपनि विवादित क्षेत्रका जनताले अवरोध सृजना गरेका छन् । म्याग्दी जिल्लामा गाउँपालिका कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्न राजनीतिक दलका प्रम्ख, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरी लगाएतले सक्रियता देखाइरहेका छन् । गाउँपालिकामा हाल साविकका गाविस सचिवलाई कार्यालय उद्घाटनमा निमित्त दिएर पठाइएको थियो ।

म्याग्दीबाट बेनी नगरपालिकामा गाविकको पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गदैं मंगला गाउँपालिकामा बावियाचौर, कुहुँ,,बरंजा,अर्मन गाविस, मालिका गाउँपालिकामा दरवाङ, निस्कोट, रूम,ओखरबोट, बिम र देविस्थान, धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविस, रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविस र राम्चे, शिख, घार, हिस्तान, देवा, भुरुङतातोपानी, नारच्याङ, दाना गाविसको केन्द्र पोखरेबगर रहेको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारी सहित गाउँपालिकाबाट सम्पादन हुने गतिविधिलाई केन्द्रित गरेर काम अगाडी बढाउन केहीदिनभित्रै कर्मचारी सम्बन्धित गाउँपालिका पुग्नेछन् ।