अन्नपुर्ण गाउँपालिका अन्र्तरगत पर्ने उत्तरी म्याग्दीको साविकको घार गाविसबासी आफ्नो गाउँ बनाउन एकजुट भएका छन् । रोजगार, शिक्षा, ब्यापार लगाएत विभिन्न कारणले देशका विभिन्न जिल्लाका साथै विदेशीएका यूवाको पहलमा ‘हाम्रो मातृभूमि हाम्रो जिम्मेबारी’ भन्ने नाराका साथ अभियानको सुरुवात गरेका हुन् । गाउँमा शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा विगतमा समेत काम गरेका अस्टेलियामा बस्ने बद्री बरुवाल क्षत्री सहितका यूवाहरुको पहलमा सुरु भएको अभियान अन्र्तरगत भेटघाट, छलफल, अभियानको उदेश्यका बारेमा जानकारी लगाएतका कार्यक्रमहरु भइरहेको छ ।

‘गाउँका आवश्यक पर्ने क्षेत्रमा सहयोग जुटाउनु प्रमुख उदेश्य हो ।हाम्रो एकता र पुनर्मिलन आवश्यकता छ’ क्षेत्रीले भने । उनले एकता र सहकार्यबाट नै समुदायमा सहयोग गर्न सकिने भएकाले अभियानका बारेमा धेरैले चासो देखाएकाले उत्साहित भएको बताए । विगतमा समेत स्वर्गिय दिदीको सम्झनामा हरेक बर्ष गाउँको मुक्तिमार्ग माविमा शैक्षिक गतिविधि सञ्चालन गदैं आइरहेका क्षेत्रीले केहीदिनको विदामा नेपाल आएको बेलामा दैनिकजसो भेटघाट, छलफल सहित अभियानका बारेमा जानकारी गराउन ब्यस्त छन् ।

अभियानका सक्रिय रहेका यूवाले स्वदेश तथा विदेशमा रहेका घारबासीको विवरण सङ्कलन गर्ने, सक्षम र जागरुक प्रतिनिधिहरु चयन गर्ने, ब्लोवल टिम गठन गरी कानुनी मान्यता दिने, संस्थागत गतिविधिका लागि आर्थिक संकलन गर्ने र अन्तिम चरणमा गाउँमा रहेको मुक्तिमार्ग माविको लाभमा केन्द्रित गरी आकस्मिक दुर्घटना र प्राकृतिक प्रकोप जस्ता घटनाहरुमा सहयोग गर्ने रहेको छ । अभियानमा सक्रिय रहेका यू्रवाहरुले अनलाइन मिटिङ सहित विभिन्न योजनाहरु बनाइरहेको जनाएका छन् । समुहम आवद्ध हुने यूवाले मासिक सहयोग जुटाएर संस्थागत गतिविधिलाई अगाडी बढाउने जनाएका छन् ।