म्याग्दीको सदरमुकाम बेनीबजारमा माओवादीले गरेको आक्रमणको १३ बर्ष पुरा भएको छ । माओवादीले जनयूद्धको नाममा गरेको शसस्त्र क्रान्तिको एकदशक पुरा भइसक्दा समेत अझै बहस र चर्चा हुने गरेको छ । माओवादीको यूवा संगठन वाईसियलले बेनी आक्रमणको दिन जिल्ला अधिवेशन गदैंछ । माओवादीको सबैभन्दा ठुलो र अन्र्तराष्ट्रियस्तरमा समेत ब्यापक चर्चा भएको बेनी आक्रमणको तेह् बर्ष अगाडी चैत्र ७ गते राती माओवादीले चारैतीरबाट घेरेर गरेको आक्रमण गरेको थियो ।

आक्रमणको योजनाकार पासाङ हाल उपराष्ट्रपति भएका छन् भने सवोच्च कमाण्डर प्रचण्ड प्रधानमन्त्री छन् । बेनी आक्रमणमा राज्य र विद्रोही पक्षबाट १ सय १६ जनाले ज्यान गुमाउनुका साथै अरवौ मुल्य बराबारको भौतिक सम्पती नष्ट भएको थियो । यूद्धको क्रममा अपाङ भएकाहरूको घाउँ अझै बल्झिने गरेको छ । राज्य र विद्रोही पक्षको आक्रमणमा परेका सर्वसाधारणले युद्धको अवस्था सहज रुपमा अझै ब्याख्या गर्न सक्दैनन् ।

चैत्र ७ गते राती ११ बजे देखि चलेको युद्ध ८ गते दिउँसो ३ बजेसम्म जारी थियो । मध्यरातमा हुने माओवादी आक्रमणलाई म्याग्देली जनताले दिउँसै हेरे । आक्रमणलाई माओवादी र राज्य पक्षले आफ्नो विजय भएको दावी गरेपनि नेपाली सेनाको तत्कालिन कालिप्रसाद गण बाहेक सबै माओवादीले कब्जा गर्न सफल भयो । आक्रमणपछि माओवादीले तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली, प्रहरी नायव उपरिक्षक रणबहादुर गौतम सहित प्रहरीलाई कब्जामा लिएको थियो । माओवादीका नेता चन्द्रप्रसाद खनाल, नेत्रविक्रम चन्द, नन्द्रकिसोर पासाङ लगाएतको नेतृत्वमा भएको आक्रमण भएको थियो ।

माओवादीले उक्त आक्रमणमा सहकमाण्डार बहुविर लगाएत भिडन्त र उपचारका क्रममा १ सय २५ जना आफ्ना योद्धा गुमाएको र करिव ५ सय कार्यकर्ता घाईते भएको स्वीकार गरेको छ भने नेपाली सेना र प्रहरी सहित ४० जना सर्वसाधारणको मृत्यु भएको राष्ट्रिय मानवअधिकार आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । माओवादीले राज्य पक्षतर्फ पनि ठुलो हताहती भएको बताउँदै प्राविधिक पक्ष केही कमजोर भएपनि समग्रमा आक्रमण सफल भएको दावी अझै गरिरहेको छ । यूद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीका नेताहरूले बेलाबेलामा गर्ने भाषणामा समेत बेनी आक्रमणका बारेमा जोड्ने गरेका छन् ।

आक्रमणमा माओवादीले नेपाली सेना र प्रहरीबाट १ सय ५० थान हतियार लुटेको थियो भने पहिलोपटक आफुँले प्रयोग गर्दै आइरहेको चर्चित एके ४७ हतियार सहित केही आधुनिक हतियार गुमाएको थियो । आक्रमणपछि माओवादीलाई लक्षित गरेर सेनाले जथाभावि बम फाल्दा सर्वसाधारणको मृत्यु भएको थियो । आक्रमणमा जिविसका कार्यालय सहयोगी झलक भनिन् योगेन्द्र गैरे, बावियौचार गाविसका दलबहादुर गुरूङ, गंगा बुढाथोकी, क्रस फायरिङमा परी पुलाचौरका मोहन बानियाँ, दाना गाविसका अनिल फगामी, निस्कोट गाविसका चित्रबहादुर पुन र सोमबहादुर विक, सेनाको हवाई आक्रमणमा पुलाचौरका फौदबहादुर दर्जी, सुर्य दर्जी, ठेगाने दर्जी, खम्बे दर्जी र सुन्तले दर्जीको ज्यामरुककोटको खवरामा एकै ठाउँमा मृत्यु भएको थियो।

सोही स्थानमा ज्यामरुककोटकाी लक्ष्मी कार्कीको समेत ज्यान गएको थियो । त्यस्तै भिडन्तमा भगवती गाविसका यामलाल शर्मा, ठक्करे दर्जी, गोरी गर्बुजा, अर्थुङेका झिल्के सार्की, पर्वत लेकफाँटका दिलबहादुर अर्मजा, बागलुङका टिका गैर र हेमलाल केसीको समेत ज्यान गएको थियो । माओवादीले जिल्ला प्रशासन, जिल्ला अदालत, जिविस, प्रहरी कार्यालय सहित सबैजसो सरकारी कार्यालयमा आगजनी गरेका थिए । माओवादीको १० बर्षे जनयुद्धको क्रममा म्याग्दी जिल्लामा ९६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । माओवादीले आफ्नो प्रभाव भएको जिल्लाको रुपमा स्थापित गदैं पहिलो संविधान सभाको निर्वाचनमा २३ हजार मत ल्याउँदै विजय प्राप्त गरेपनि दोस्रो संविधान सभाको निर्वाचनमा कमजोर भएको प्रमाणित भयो ।

जिल्लामा तेस्रो ठुलो दलको रुपमा देखिएको माओवादी विभाजनसंगै बेनी आक्रमणमा अघिल्लो मोर्चामा रहेका विप्लव र प्रचण्ड नेतृत्वको पार्टी र केही सक्रिय नेता तथा कार्यकता अहिले निस्र्कय अवस्थामा छन् । शान्तिपुर्ण राजनीतिमा आएपछि माओवादी चार टुक्रा भएको छ । प्रचण्ड, बैद्य, विप्लव र डा. बाबुराम भटराई फरक फरक राजनीतिक दलमा सक्रिय छन् । बेनी आक्रमणको तेह् बर्ष पुगिसक्दा समेत धेरै यूद्धमा होमिएकाहरुको निरास छन् भने सर्वसाधारणको समेत पिडादायी अवस्था छ । राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएकाहरुको परिवारलाई समान्य राहत बाहेक दिर्घकालिन सुविधा सहितको रोजगारको ब्यवस्था छैन् ।
तस्विर अमर बानियाँ