माओवादी जनयूद्धमा भू्रमिगत जिवन विताएकी एक यूवती दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने गरेकी छन् । बाल्यकालमा माओवादीले देशको परिवर्तनका लागि बलिदान भन्दै प्रशिक्षण दिएपछि विद्यालय उमेरमै भूमिगत भएकी उनले यूद्धकालिन समयमा धेरै दुखकष्ट भोगेपनि शान्ति प्रक्रियामा प्रवेश गरेपछि जीवनले नयाँ बाटो लिने अपेक्षा गरेकी थिईन् । शान्ति प्रक्रियामा प्रवेश गरेको केहीबर्षमै पार्टीका नेताहरूमा देखिएको विचलन र यूद्धकालिन अवस्थामा दिएका बाचाहरूलाई भुलेपछि पार्टी परित्याग गरेर सामान्य जीवन विताइरहेकी छन् ।

तत्कालिन समयमा युद्धका प्रमुख कमाण्डर पुष्पकमल दाहाल दुईपटक प्रधानमन्त्री र कमाण्डर उपराष्ट्रपति सहित धेरै नेताहरू सरकारको उच्च पदमा पुगेपनि यूद्धकालिन कार्यकताको पीडामा कुनै परिवर्तन भएपछि अहिले पार्टीको कार्यकताको परिचय दिन समेत अस्वीकार गर्ने गरेकी छन् । माओवादी यूद्धकै चर्चित महिला कमाण्डर म्याग्दी बावियाचौर ताराखेतकी सविना अधिकारी धेरै फौजी आक्रमणमा प्रत्यक्ष उपस्थिती भइन् ।

०५७ सालमा ८ कक्षाको पढाईलाई छोडेर यूद्धमा होमिएकी अधिकारी माओवादीका नेताहरूको नाम लिने वित्तिकै आक्रमक रुपमा प्रस्तुत हुन्छिन् । दशबर्ष जनयूद्धमा म्याग्दी आक्रमण, रुकुमको खारा,दाङको घोरही लगाएतका आक्रमणमा भिडेकी अधिकारी यूद्धकालिन अवस्थामा म्याग्दीमा चर्चित माओवादी नेत्रृका रुपमा समेत आफ्नो परिचय स्थापित गरेकी अधिकारीको अहिले समान्य ब्यवसाय र सामाजिक कार्यमा सक्रिय छिन् ।

बर्ष संघर्षको आन्दोलनमा कलिलै उमेरमा भूमिगत भएका अधिकांस माओवादीका लडाकु पार्टीको नेतृत्वप्रति आक्रोशित छन् ।‘यूद्धको मैदानमा ज्यानको बाजी लगाएर सत्तामा पुगेकाहरूले आफ्नै भविस्य बनाइरहेका छन् । अहिले माओवादी भन्न समेत लाज लाग्ने अवस्था बनाएका छन्’ अधिकारीले भनिन् । यूद्धमा अधिकारीका श्रीमान समेत गम्भीर घाईते भएका थिए । रोजगारको सिलसिलमा विदेशमा गएका श्रीमान जस्तै धेरै माओवादीको पीडाले उनलाई सताउने गरेको छ । बर्ग संघर्षको आन्दोलनमा होमिएकी अधिकारीलाई सैन्य प्रशिक्षण दिने नन्द किशोर पुन ‘पासाङ’ उपराष्ट्रपति र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपनि लडाकुको दैनिकी सकसमै वितिरहेको छ ।

‘क्रान्तिलाई सत्ता प्राप्तीको ढोका बनाएकाले धेरैले माओवादीको परिचय लुकाउन थालेका छन् । सबै अवसरबादी नेताहरूको पछाडी लागेको महसुस गर्छन्’ सदरमुकाम बेनीमा ब्यवसाय गरेर बसेका एक माओवादीका नेताले भने । ०६० साल चैत्र ७ गते माओवादीले गरेको म्याग्दी सदरमुकाम बेनी आक्रमणको १३ बर्ष पुरा भएपनि यूद्धमा सहभागि भएका माओवादीका जिल्लास्तरका नेताले समेत पार्टी पटकपटक विभाजन भएपछि सक्रिय राजनीतिक छोडेका छन् । ‘कमाण्डरलाई आएको गोली धाँतीमा थाप्ने सहिदको घरमा चुल्यो समेत बोल्दैन् । सत्तामा भएका नेताहरूको दैनिकी अरवपतिको भन्दा कम छैन’ विप्लव माओवादीमा सक्रिय एक कार्यकर्ताले भने । विगतमा माओवादीको परिचय दिदाँ उत्साहित हुने गरेका धेरैले अहिले पार्टीको परिचय समेत लुकाउने गरेका छन् ।

१० बर्षसंगै यूद्धमा होमिएका नेताहरू शान्ति प्रक्रियामा प्रवेश गरेपछि विभाजित हुनु आर्थिक प्रलोभन र धन आर्जन प्रमुख कारण भएको समेत उनको दावी छ । यूद्धकालिन अवस्थालाई सपना सम्झिएर विर्सने प्रयास गरेपनि शरीरमा रहेको गोलीको छर्राले पीठा बल्झने गरेको माओवादी कार्यकर्ताको गुनासो छ । जीवित माओवादी कार्यकर्ताको भन्दा पनि ज्यान गुमाएकाहरूको समस्यालाई प्राथमिकतामा राखेर पुरा गर्न समेत उनीहरूले अनुरोध गरेका छन् ।

जिल्लामा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाको कार्यशैली प्रति असन्तुष्ट रहेका यूद्धकालिन जिल्लास्तरीय नेता तथा कार्यकर्ताले कृषि, पशुपालन लगाएतका विभिन्न आयमुलक कार्यमा सक्रिय छन् । ०६० साल चैत्र ७ गते म्याग्दी सदरमुकाम बेनी आक्रमणको तयारी स्वरुप रुकुमको एक गाउँमा माओवादीका तत्कालिन कमाण्डर एवम् हालका उपराष्टपति नन्द किशोर पुन पासाङले बेनीबजारको नक्सा बनाएर आक्रमण बारेमा जानकारी गराउँदै ।