जिल्ला बन कार्यालयको सेवा अस्तब्यस्त बनेको छ । कार्यालय प्रमुखको मनोमानी ,अनुशासनहिन कर्मचारी, सेवा प्रवाहामा ढिलासुस्ती लगाएतका गुनासो दिनप्रति दिन बढ्न थालेको छ । कार्यालय प्रमुख अधिकांस समय जिल्ला बाहिर बस्न थालेपछि कर्मचरीले मनोमानी गर्न थालेका छन् । बुधबार मदिराको नशामा कार्यालयमा प्रवेश गरेका सहायक बन अधिकृत हिमलाल लामिछानेले मदिरामा लठ्ठीएर दिनभर कर्मचारीलाई तनाव दिएपछि कार्यालयका अन्य कर्मचारीले समेत काम गर्न वातावरण नभएको गुनासो गरेका छन् ।

गत माघ १७ गते सरुवा भएर जिल्लामा आएका लामिछानेले दैनिकजसो मदिरा सेवा गरेर कार्यालयमा आउन थालेपछि सेवाग्राही समेत समस्यामा परेका छन् । मदिरा सेवन गरेर जथाभावी बोल्न थालेपछि सेवाग्राहीले सञ्चारकर्मीलाई जानकारी गराएका थिए । मदिरामा मस्त लामिछानेले कर्मचारीले आफुँलाई केही गर्न नसक्ने भन्दै केही दिनमा आफुँ अमेरिका जान लागेको बताए । ‘तल्लो तहका कर्मचारीको सेवासुविधा दुरुपयोग भएको छ । मैले मदिरा सेवन गरेपनि यहाँ कर्मचारीको नाममा पेस्की निकालेर प्रयोग गर्ने गरिएको छ’ लामिछानेले सञ्चारकर्मीसंग भने । उनले आफुँले नभई अन्य कर्मचारीले नै सेवाग्राही र करार र ज्यालामा रहेका कर्मचारीलाई दुख दिने काम गरेको बताए ।

जिल्ला देखी वडास्तरसम्मका कर्मचारी, सामुदायिक बन उपभोक्ता, काठ ब्यवसायी सहित विभिन्न कामले कार्यालयमा जाने सेवाग्राहीलाई अनावश्यक दुख दिने, सेवामा ढिलासुस्ती गर्ने गरेको गुनासो दिनप्रति दिन बढ्न थालेको छ । ‘कार्यालय प्रमुख नहु्दाँ अस्तब्यस्त भएको छ । माथिल्लोस्तरका कर्मचारीले नै मनपरी गर्न थालेका छन्’ एक कर्मचारीले भने । कर्मचारीको रासन ठेक्का टेन्डर मुल्याङ्कन दुईमहिना वितिसक्दा समेत कार्यालय प्रमुखले त्यसलाई अवरोध गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो पुगेको छ ।

कर्मचारीले रासन सुविधामा प्रमुखले मनोमानी गरेको भन्दै जिल्ला प्रशासनमा निवेदन दिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । ‘मैले समस्याका बारेमा प्रमुखलाई सचेत बनाएको छु । दुईतिन दिनमा आउँछु भन्नुभएको छ’ पौडेलले भने । उनले पदिय मर्यादा विपरित आचरण देखाउने कर्मचारीलाई सम्बख्न्धित कार्यालय मार्फत स्पष्टिकरण सोध्ने बताए । बन कार्यालयको जिल्ला देखी वडास्तरसम्म सञ्चालन भइरहेका कार्यक्रमका बारेमा गुनासो बढ्न थालेपनि कारवाही र छानविन हुन सकेको छैन ।
मदिरामा सेवन गरेका कर्मचारी रातो टिर्सटमा ।

विज्ञापन