म्याग्दीको सदरमुकाम बेनीमा आयोजना हुने प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ को तयारी पुरा भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा आगामी चैत्र १० गते बिहिबार देखि २० गतेसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो । भोली बिहिबार खुल्ला मञ्चमा महोत्सवको उद्घाटन गरिने म्याग्दीका कलाकार एवम् संचारकर्मी अमित विश्वकर्माले बेनीअनलाइनलाई बताए।

उनले म्याग्दी जिल्लाको इतिहासमा पहिलो पटक ठुलो संख्यामा लोकदोहोरी कलाकारहरुको उपस्थिती हुने भएकाले पनि मेलामा उपस्थितीका लागि धौलागिरि अञ्चलबासीलाई अनुरोध गरेका छन् । लोकसंस्कृतिको संरक्षण गर्दै कलाकारिताको विकासका लागि महोत्सव गरिएको विश्वकर्माको भनाई छ ।
प्रतिष्ठानका धौलागिरी अध्यक्ष राजेन्द्र सापकोटाले मोफसलमा पहिलो पटक आयोजना गर्न लागिएको साँस्कृतिक महोत्सवलाई सफल बनाउन सबैपक्षबाट सक्दो सहयोगको अपेक्षा गरिएको बताए ।

उनले राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने महोत्सवबाट भएको आम्दानीबाट कलाकारहरुको लागि कल्याणकारी कोष स्थापना गरिने भएको छ । बेनीमा प्रतिष्ठानको आयोजनमा पहिलो पटक हुन लागेको अञ्चल स्तरीय साँस्कृतिक महोत्सवमा खुला लोकगीत प्रतियोगिता, सालैजो नृत्य प्रतियोगिता, मौलिक झाँकी प्रदर्शन, भजन प्रतियोगिताको साथै राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको साँस्कृतिक प्रस्तुतीहरु रहनेछन् ।

विज्ञापन