सधै मेला महोत्सवमा गीत पस्कन जाने कलाकारहरूले बिहिबारम्याग्दीको सदरमुकाम बेनीमा महोत्सवको आयोजना गरी आफुँलाई महोत्सवमा निमन्त्रणा गर्नेलाई निम्तो दिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजना बिहिबार देखी प्रथम धौलागिरी साँस्कृतिक महोत्सव सुरु भएको छ ।

पुराना कला र संस्कृतिको जर्गेना, कलाकार कल्याणकारी कोष स्थापना, नव प्रतिभालाई प्रोत्साहन गर्न आयोजित महोत्सवको म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले उद्घाटन गदैं कला र संस्कृतिमा धनी धौलागिरि क्षेत्रलाई प्रचारप्रसार गर्न कलाकारहरुको समेत महत्वपुर्ण भूमिका रहेको बताए ।उनले पुराना कला र संस्कृतिको जगेर्ना गरी नयाँ पुस्तालाई यसका बारेमा जानकारी गराउने जिम्मेबारी समेत कलाकारको रहेको बताए ।

महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन कुमार विश्कर्माले महोत्सवले सम्रग धौलागिरि अञ्चलको विकासमा सहयोगी भूमिका निर्वाह हुने बताए । महोत्सवको अवसरमा विभिन्न जातजाती, संघसंस्थाले बेनीबजार परिक्रममा गरी खुल्लामञ्चमा पुगेका थिए । चैत्र २० गतेसम्म सञ्चालन हुने महोत्सवको अवसरमा बागलुङ र पर्वत जिल्लाका सुरक्षा अधिकारी सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

महोत्सवमा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् गायक अमर विरही लगाएतका अग्रज कलाकारहरुको उपस्थिती रहेको थियो ।महोत्सवमा साँस्कृतिक महोत्सवमा खुला लोकगीत प्रतियोगिता, सालैजो नृत्य प्रतियोगिता, मौलिक झाँकी प्रदर्शन, भजन प्रतियोगिताको साथै राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको साँस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटनको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र सापकोटा, स्वागत बरिष्ठ उपाध्यक्ष कृष्ण अखेली र सञ्चालन महासचिव पुर्ण परियारले गरेका थिए ।