अनेरास्ववियू म्याग्दीले भन्यो,‘रमाईलो मेलामा विद्यार्थीलाई प्रवेश निषेध गरौं’

0
339

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिले बिहिबार देखी सु्रु गरेको प्रथम धौलागिरी साँस्कृतिक महोत्सवको रमाईलो मेलामा विद्यालय उमेर समुहका बालबालिकालाई निषेध गर्नुपर्ने माग गरेको छ ।

निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको बार्षिक परिक्षा सञ्चालन भइरहेको अवस्थामा रमाईलो मेलालाई प्रमुख आर्कषण बनाएर मेला सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयले समेत १४ बर्ष उमेरका बालबालिकालाई टिकट विक्री गर्न नपाईने सर्त सहित मेलाको समय अवधि समेत निर्धारण बिहिबार जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

अनेरास्ववियू म्याग्दीका अध्यक्ष स्ुवास विकको हस्ताक्षर गरेको विज्ञप्तीमा प्रशासनसंग भएको सहमतिलाई आयोजकले पालना गर्ने विश्वास समेत गरिएको जनाएको छ । विगतमा समेत मेलालाई ब्यवस्थित गर्न जिल्लास्तरमा समेत पटकपटक विभिन्न निकायमा जानकारी गराइएको भएपनि अपेक्षा गरे अनुसारको सहयोग प्राप्त नभएको अनेरास्ववियूको भनाई छ । ।चैत्र २० गतेसम्म सञ्चालन हुने महोत्सव अवधी समेत लामो भएको अनेरास्ववियूको भनाई छ ।