म्याग्दीमा जन्मिएकी ईन्दु बानियाँ (शाही)ले पहिलोपटक आधुनिक गीतमा आफ्नो स्वर दिएकी छिन् । उनले स्वर दिएको गीत राप्ती म्युजिक अवार्ड–२०७३ को सर्वोत्कृष्ट नवगायिकाको उत्कृष्ट ५ मा पर्न सफल भएको छ ।

हालै मात्र सङ्गीत क्षेत्रमा प्रवेश गरेकी बानियाँले यसअघि भोकलको कक्षा समेत लिएकी थिइन् । पहिलोपटक आधुनिक गीतबाट साङ्गीतिक यात्रा शुरु गरेकी उनी राप्ती म्युजिक अवार्डको नवगायिकाको उत्कृष्ट पाँचौंभित्र परेपछि आफु उत्साहित भएको बताइन् ।

आगामी दिनमा निरन्तर साङ्गीतिक क्षेत्रमा लाग्ने उनको भनाई छ । राप्ती म्युजिक अवार्डको सर्वोत्कृष्ट नवगायिका सुगम सङ्गीतमा परेपछि उनले आफूलाई एसएमएसमार्फत भोट दिएर जिताउनको लागि सबैलाई सहयोग मागेकी छिन् । उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर च्ःद्य एक स्पेश छाडेर १०४ टाईप गरी ३४३४३ मा एसएमएस गर्न सकिन्छ ।

आगामी चैत २८ गते अवार्ड घोषणा हुने म्युजिकका लागि २६ गतेसम्म भोटिङ गर्न सकिने व्यवस्था रहेको छ । बानियाँ २०६२ सालमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु उपसभापति समेत हुन् ।