दैनिक दर्जनौ निजी तथा भाडाका सवारीसाधन गुड्ने बेनी–जोमसोम सडकखण्ड अन्र्तरगत गलेश्वरमा रहेको बेलिबृज मर्मतसम्भारको अभावमा जिर्ण बन्दै गइरहेको छ । जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हुदै हिमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चाप संगै पुल जिर्ण भएको लामो समय वितिसक्दा समेत सम्बन्धित निकायले मर्मतमा चासो देखाएको छ ।

पुलको विच र आसपासमा प्वाल परेको छ । पैदलयात्र र दुईपाङ्ग्रे सवारीसाधनलाई सहज भएपनि मालबाहक ट्रकको लोडले थप क्षती पुगेपनि मर्मतका लागि जिर्ण पुलको बारेमा गलेश्वरबासी र सडक विभाग समेत बेखवर छ । पुलमा परेको प्वालमा ठुला सवारीसाधनका पाङ्ग्राले क्षती पुगेको गलेश्वरका मोहन केसीले बेनीअनलाइनलाई बताए । उनले जिर्ण पुलका बारेमा जानकारी भएपनि मर्मतका लागि पहल गर्ने बताए ।

‘यस विषयमा खासै चासो गएको छैन् । सडक विभागलाई जानकारी गराएर मर्मत गरिने छ’ उनले भने । नेपाली सेनाले निर्माण गरेको पुलको २०६४ असोज ३० गते तत्कालिन प्रधानसेनापति रुकमाङ्गत कटुवालले उद्घाटन गरेका थिए । यसैविच बेनी–जोमसोम सढकखण्ड अन्र्तरगत रहेका बेलीव्रिजको मर्मत सम्भारको आवश्यकता देखिएको छ । बेगखोलामा रहेको पुललाई बाढीले बगाएपनि म्याग्दी र मुस्ताङ खण्डमा रहेको पुलको मर्मत हुन सकेको छैन् ।