म्याग्दीको धौलागिरी गाउँपालीका अन्र्तरगत ताकमको मच्छिममा बोलेरो जीप दुर्घटनाममा दरवाङका एक ब्यवसायीको ज्यान गएको छ । डेढदशक अगाडी देखी दरवाङको बगरमा पशुपालनमा सक्रिय रहेका बेनपा ४ का ५० वर्षिय खिमबहादुर खत्रीको बिहीबार ब्यवसायको सिलसिलामा दरवाङदेखि मुना जाँदै गरेको ध १ ज ५२२ नम्बरको जिप दुर्घटनामा घटनास्थलमै मृत्यु भएको थियो ।

छोरी करिस्मा खत्रीसंगै मुना तर्फ गएका खत्रीले आफै जीप चलाइरहेका थिए । मच्छिमको ढुंगाखानी आसपासको सडकमो उकालोमा एक्कासी बोलेरो ब्याक भएपछि नियन्त्रणको प्रयास गर्दा सडकबाट खसेको थियो । छोरीलाई पछिल्लो पाङ्ग्रामा ओत राख्न भन्दै ओरालेका खत्रीले नियन्त्रणको अन्तिम प्रयास समेत असफल भएपछि जीपसंगै खसेका थिए ।

उनको शरीरका विभिन्न भाग र खुट्टामा चोट लागेको थियो । बैदेशिक रोजगारका लागी लामो समय विभिन्न देशमा विताएका खत्रीले दरवाङमा ब्यवसायीक बंगुर, कुखुरा पालन र खच्चडमार्फत समेत ढुवानी गर्ने गरेका थिए । दुर्घटनाको अनुसन्धानका लागि ताकम प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी टोलीले घटजनास्थलमै पुगेर अनुसन्धान गरेको थियो । खत्रीको शुक्रबार साँझ बेनी अस्पतालमा पोष्टमार्टम गरेर कालिगण्डकीमा अन्त्यष्टी गरिएको छ । तस्विर सौजन्य हिमाल गुरूङ