‘छोरी जीपको पछिल्लो पाङ्ग्रामा ढुङ्गा राखिदेउ त’ बिहिबार पश्चिम म्याग्दीको दरवाङबाट बोलेरोमा समान लिएर मुना जाँदै गरेका खिम बहादुर खत्रीले आफ्नी छोरी करिस्मा खत्रीसंग गरेको अन्तिम संवाद हो यो । जीपमा सामान लिएर छोरीसंगै मुना तर्फ लागेका बेनपा ४ का ५० वर्षिय खिमबहादुर खत्रीले धौलागिरी गाउँपालीका अन्र्तरगत साविक ताकम गाविसको ८ नम्बर वडा मच्छिमको उकालो सडकमा गुडीरहेको बोलेरो एक्कासी ब्याक भएपछि तत्कालै छोरीलाई पछिल्लो पाङ्ग्रामा ओत लगाउन ओरालेको केही समयमै दुर्घटनामा गरेर ज्यान गुमाएका छन् ।

‘गुडीरहेको अवस्थामा एक्कासी ब्याक भएपछि बाबाको अनुरोधमा तत्कालै बाहिर निस्किए ।ढुङ्गा खोज्दै गरेको अवस्थामा जीप सडकबाट तल खस्यो’ करिस्माको भनाईलाई उद्धित गदैं दरवाङका खड्क बहादुर छन्त्यालले बेनीअनलाइनलाई भने ।उनले तत्कालै छोरीको सहयोग नपाउँदै ज्यान गुमाएका खत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।‘एक्कासी ब्याक भएपछि छोरीलाई बाहिर निकाले ।हामीले मेहनती मान्छेलाई गुमाएका छौ’ छन्त्यालले भने ।

मच्छिमका दुर्घटनाको खवर पाएलगत्तै त्यहाँका स्थानीयले उद्धारको प्रयास गरेका थिए ।उद्धारमा खटिएकाहरूले दिएको जानकारी अनुसार तत्कालै उनले छोरीलाई बाहिर निकालेर अन्तिम समयसम्म नियन्त्रणको प्रयास गरेपनि असफल भएपछि सडकबाट खसेको थियो ।शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शवलाई बाहिर निकालिएको थियो । सडकबाट निकै तल पुगेको जीपमा रहेका सामानहरू यत्रतत्र छरिएका थिए ।मृतक खत्रीको बेनी अस्पतालमा पोष्टमार्टम गरी कालिगण्डकीमा अन्त्येष्टी गरिएको छ । घरमा श्रीमति, एक छोरा र एक छोरी छन् । विदेशबाट रित्तै फर्किएका खत्रीले बगरबाटै आफ्नो ब्यवसायीक आकार बनाएका थिए । करिव एकबर्ष अगाडी खरिद गरेको बोलेरोले उनको ज्यान लिएको छ ।

पौरखी किसानको अवसान
करिव डेढ दशक अगाडी देखि साविकको दरवाङ–२ कुखुरापालन सुरू गरेका खत्रीले त्यसअगाडी खाडीमुलुकमा धेरै बर्ष विताएका थिए । खाडीमुलुकबाट फर्किएर कुखुरापालन सुरू गर्दा जिल्लामा ब्यवसायीक कुखुरापालन गर्नेको संख्या औलामा गन्न सकिने अवस्थामा थियो । कुखुरापालन संगै बंगुर पालन सहित खाद्य साम्रागी ढुवानीका लागि प्रयोग हुने खच्चड लगाएतका क्षेत्रमा हात हालेका खत्री जिल्लाकै नमुना र मेहनती कृषकका रुपमा चिनिने गरेका थिए ।

दरवाङको बगरमा ब्यवसायी सुरू गर्दा धेरैले उनलाई केहीदिनको रमाईलो भन्दै उडाउने गरेपनि विस्तारै उनले प्राप्त गरेको सफलताको सिको गर्नेहरूको संख्या समेत उत्तिकै छ । कुखुरा फर्म नजिक साविकको निस्कोट गाविसका केही बस्तीमा आवतजावत गर्नेहरूले तत्कालिन समयमै उनको अनुभवका आधारमा कुखुरापालन सुरु गरेका थिए । ‘उहाँको मेहनतबाट हामी उत्साहित थियौ, विदेशमा बषौं विताएपनि दरवाङमै आएर आर्थिक रुपमा बलियो हुनुभएको थियो’ दरवाङका ब्यवसायी सन्तोष सुबेदीले बेनीअनलाइनलाई भने । उनका अनुसार पौरखी किसानको मृत्युले उनका आफन्त संगै साथीहरू समेत शोकमा डुवेका छन् ।

ब्यवसायसंगै आफुँ आवद्ध संघसंस्थामा समेत प्रयाप्त समय दिने गरेका खत्रीलाई पश्चिम म्याग्दीका ब्यवसायीक कुखुरापालकको सुरुवातकर्ताको रुपमा समेत लिने गरिन्छ । करिव एकदशक अगाडी नै विदेशभन्दा स्वदेशमै मेहनत गरे सुन फलाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएका थिए । पशुपालनसंगै खु्द्रा ब्यवसाय समेत सञ्चालन गरेका उनले धेरै ठाउँमा हात हालेपनि उनको मेहनतबाट सबै दंग पर्ने गरेका थिए ।

पितासंग सेल्फी खिच्दै करिस्मा ।

विज्ञापन