म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित धौलागिरी सांस्कृतिक महोत्सवको नवौं दिन आज विविध प्रस्तुतीहरु भएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिको आयोजनामा लगाइएको महोत्सवमा विभिन्न प्रस्तुती भैरहेका छन् ।

शुक्रबार राष्ट्रिय कलाकार रामजी खाँड, श्रीकृष्णबम मल्ल, निता पुन, तेजेश रेग्मी, गीता पाईजा, सुजन बराईली, स्थानीय कलाकार बिमला श्रेष्ठ, प्रजु विक, बिजुन खत्रीलगायतले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेको महोत्सवका सांस्कृतिक संयोजक राजेश बर्देवाले जानकारी दिए ।

यसैगरी महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला एकल गायन प्रतियोगिताको फाइनल समेत शुरु भएको छ । सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुती भैरहेको महोत्सवमा शनिबार खुल्ला नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ । राष्ट्रिय एवं स्थानीय कलाकारको प्रस्तुतीमा दर्शकहरु उनीहरुलाई साथ दिँदै कम्मर मर्काएर नाचिरहेका छन् ।

विज्ञापन