जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिकाको प्रमुख कुन पार्टीको बन्ला ? अहिले यो प्रश्न गाउँपालिका अन्र्तरगत पर्ने साविकको गाविसहरूको गाउँघर, विद्यालय, सार्वजनिक कार्यक्रम र चिया गफमा बहस नै हुने गरेको छ । पर्यटकीय, कृषि, धार्मिक, जलविद्युत लगाएत आर्थिक रुपमा जिल्लाका अन्य गाउँपालिकाको तुलनामा ब्यापक सम्भावनायुक्त मानिएको अन्नपुर्ण गाउँपालिका आफ्नो पक्षमा पार्न राजनीतिक दलले आन्तरिक गृहकार्य सुरू गरेका छन् । दुईदशक पछाडी हुन लागेको स्थानीय निकायको निर्वाचनको चर्चा संर्गै आन्तरिक गृहकार्यमा ब्यस्त रहेका राजनीतिक दलले सहजै निर्वाचन जित्न आकलन गर्न सकिरहेका छैनन् ।

अन्नपुर्ण बेसक्याम हुदै जिल्लाभित्र रहेको अन्नपुर्ण हिमाल सहितका हिमश्रंखलाको रोयल्टीमा समेत सहज पहुँच पुग्ने गाउँपालिकालाई आफ्नो पकटमा पार्न जिल्लामा प्रमुख राजनीतिक दलले उम्मेदवार छान्ने तयारीमा जुटेका छन् । जिल्लामै पहिलो पटक सर्वसम्मतिले नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि एवम् पुर्ण भारतीय सेनाका क्याप्टेन डम बहादुर पुनलाई उम्मेवार बनाउने टुंगो लगाइसकेको छ । घोरेपानीका पर्यटन ब्यवसायी समेत रहेका पुनले पार्टीले जिम्मेबारी तोकेपछि चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

कांग्रेसले उम्मेदवार टुंगो लगाएपनि नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारका बारेमा अहिलेसम्म सार्वजनिक गरेका छैनन् । एमालेमा यूवा नेता नारायण पुनको चर्चा भएपनि पुराना र पार्टीले जिम्मेबारी दिएमा शिक्षण पेशाबाट राजिनामा दिएर समेत चुनावमा प्रतिस्पर्धी बन्ने तयारीमा स्रोतब्यक्ती भरत पुन र नारच्याङका अवकाश प्राप्त तेज गुरुरूको चर्चा उस्तै छ । जिल्लाका अन्य गाउँपालिकाको जनसंख्याको अनुपातमा सबैभन्दा थोरै १३ हजार ३१५ रहेका गाउँपालिकामा माओवादी केन्द्रबाट शिखका बागविर पाईजा र भुरुङ तातोपानीका बुद्धि पुन, नारच्याङका कुलविरको चर्चा धेरै छ।

cGgk”0f{ lxdfnsf] dgf]/d tnfp
DofUbLsf] gf/Rofª uflj;df kg]{] k|fs[lts ;f}Gbo{tfn] el/k”0f{ ljZj k|l;4 cGgk”0f{ lxdfnsf] dgf]/d tnfp . tl:a/M sdn vqL, DofUbL, /f;;

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अन्नपूर्ण आधार शिविर
बेनीअनलाइनले नेताहरुसंग गरेको कुराकानीमा आधारमा कुलवीर जिल्ला बाहिर बस्ने भएकाले पनि लोकप्रियताका हिसावले समाजसेवामा खटिएका बागविर र बुद्धि पुनलाई अगाडी सार्ने तयारीमा माओवादी देखिन्छ । गाउँपालिका अन्र्तरगत राम्चे, हिस्तान, घार, शिख, नारच्याङ, दाना, भुरुङ तातोपानी र दोवाका १० हजार ६ सय मतलाई निर्णायक बनाउन तालमेलको हल्ला समेत उत्तिकै छ । तीन राजनीतिक दलले आफ््नो विजय हुने दावी गरेपनि कडा प्रतिस्पर्धाबाट नै गाउँपालिका प्रमुख र वडा अध्यक्ष सहितका प्रतिनिधिहरू चु्निने सम्भावना रहेको छ । उत्तरी क्षेत्रलाई कांग्रेस र एमालेले आफ्नो जनआधार बलियो मान्दै आइरहेका छन् । अन्नपुर्ण गाउँपालिका जलविद्युतसंगै सम्रग जिल्ला र प्रदेशको आम्दानीको स्रोत समेत मानिएकाले समेत यहाँको निर्वाचनलाई खास गरी जिल्ला तहमा समेत निकै चासोपुर्वक हेरिएको छ ।

अन्नपूर्ण गाउपालिका
गाउ सदरमुकाम – पोखरेबगर
१- दोवा १०६३
२- भुरुङ ७९५
३- दाना १८७३
४- नारच्याङ १६२६
५- शिख २२१२
६- घार २४७१
७- हिस्तान १६७५
८- राम्चे १६००
जम्मा १३३१५