गाउँपालिका विषेश: कसले चलाउँला सप्तऋषिको तपोभूमि रघुगंगाको डुंगा ?

0

अन्य गाउँपालिकामा स्थानीय निकायको निर्वाचनको चहपहल सुरू भएपनि रघुगंगा गाउँपालिका अन्र्तगतका पिप्ले, भगवती, र बेगखोलामा खासै रौनकता छैन् । स्थानीय निकायको पुर्नसंरचनाको क्रममा जिल्लाका राजनीतिक दलले सहमति र एकताका लागि भन्दै गाउँपालिकाको केन्द्र मौवाफाँट र पाखापानीमा राखेर केन्द्रमा प्रस्ताव गरेपछि चर्किएको विवादले यो साम्रागी तयार पार्दा समेत उस्तै छ ।

आन्तरिक आम्दानीको स्रोतका रुपमा रहेको राहुघाट जलविद्युत, जिल्लामा रहेको हिउँको बख्खु ओढेर सदाबार मुस्कुराइरहेका धौलागिरि लगाएतका हिमाल, सप्तऋषिको तपोभूमि रिखार लगाएत कृषि उत्पादन, जनजातीको भेषभुाष, अल्पसंख्य छन्त्याल जातीको पहिचानका कारण समेत यस गाउँपालिकाको सम्भावना रहेको छ । बेनी–जोमसोम सडकखण्डको केही भाग जोडिएको गाउँपालिकाको प्रमुखले आन्तरिक स्रोतलाई समेत परिचालन गर्न सक्छन् ।

सम्भावना सम्भावनै भएपनि गाउँपालिकाको केन्द्र विवादले साविकको पिप्ले, भगवती र बेगखोला निर्वाचन बहिस्कारको घोषणा गरेर आन्दोलन सहित आफ्ना समस्यालाई प्रधानमन्त्रीको कार्यालयसम्म पुर्याउन ब्यस्त छन् । कुल १५ हजार ७ सय ५३ जनसंख्या रहेको गाउँपालिका कुन पार्टीले कब्जा गर्ला भन्नेमा आन्दोलनमा रहेका गाउँलेहरु देखी जिल्लातहसम्म चर्चा भइरहेको छ । पिप्ले, भगवतीमा अन्य दलको तुलनामा एमालेको बलियो अवस्था रहेको छ । बेगखोलामा एमाले पछाडी कांग्रेस, दग्नाम कांग्रेस, चिमखोलामा एमाले र कांग्रेसले आफ्नो बलियो उपस्थिती दावी गरिरहेका छन भने कुईनेमंगलेमा कांग्रेस, माओवादी, पाखापानीमा राप्रपासंगै कांग्रेस र झिँमा एमाले र कांग्रेस र माओवादीको चर्चा छ ।

दुईदशक अगाडीको निर्वाचन परिणामलाई आधार बनाएर अहिले चर्चा गर्दा अवैज्ञानिक हुने भएपनि विगतमा निर्वाचनलाई हेर्दा सयौंको संख्यामा पार्टी प्रवेशको हल्ला गरेपनि भगवतीमा कांग्रेसको मतको अवस्था र पिप्लेमा पहिलो संविधान सभाको निर्वाचन माओवादी मय जिल्ला हुदा समेत माओवादीले प्राप्त गरेको मतलाई हेर्ने हो भनेपनि एमालेको बलियो उपस्थिती रहेको छ । भगवतीमा माओवादीका यूवा नेता विनोद केसी, रिम केसी लगाएतको चहपहल र गाउँपालिकाको केन्द्रका बारेमा भइरहेको आन्दोलनमा नेतृत्वदाही भूमिकाले पनि भगवतीमा माओवादीको अवस्थालाई कमजोर मान्न सकिदैन् । त्यस्तै माथिल्लो क्षेत्रमा कांग्रेसका यूवा नेता ओम छन्त्याल, मुकुन छन्त्यालको समेत प्रभाव उत्तिकै छ ।

तरपनि गाउँपालिकाको प्रमुखमा कसले कसलाई उम्मेदवा बनाउँछ भन्नेमा अहिलेसम्म कुनैपनि टुंगो लागेको छैन् । नेकपा एमालेका जिल्ला उपाध्यक्ष देबेन्द्र केसी, सचिव बालकृष्ण सुबेदी, नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् पार्टीका सम्भावित उपसभापतिका दावेदार केवी भण्डारी र आन्दोलनमा सहभागि भइरहेका भव बहादुर भण्डारीको उपस्थितिले कांग्रेसलाई सशक्त बनाउने प्रयास भइरहेको छ । बेगखोलाका बादुक र तिप्लाङलाई नजिक रहेको अन्नपुर्ण गाउँपालिकाको केन्द्र सहज भएपनि ढुंगे यूगमा प्रवेश गरेजस्तै करिव एकदिन लगाएर पाखापानी जानुपर्ने बाध्यताले आक्रोशित जनतालाई आश्वस्ता पार्न सक्नुपर्ने देखिन्छ ।

गाउँपालिका प्रमुखममा मतदाताले मतदान गर्ने भएकाले पनि अन्य वडाको अनुपातमा पिप्ले र भगवतीमा धेरै मतदाता छन् । केन्द्र विवादका कारण पार्टीको उम्मेदवारमा भर पर्ने देखिन्छ । भेगिय हिसावले पनि पार्टीको उम्मेदवारलाई लक्षित गरी मतदानाले मतदान गर्नेछन् । तर अहिलेसम्म गाउँपालिकाको केन्द्र पाखापानीमै रहने अवस्था देखिएमा बहिस्कारको आन्दोलनले अवस्था कता जान्छ भन्ने तत्काल बन्न सकिने अवस्था छैन् । जिल्लामा गाउँपालिकाको केन्द्र थप गर्ने लविङ भइरहेकाले पनि थपिएमा निर्वाचन कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
रघुगंगा गाउपालिका
गाउ सदरमुकाम /पाखापानि
१- झिं ११३१
२- पाखापानि २२५८
३- चिमखोला १३१७
४- दग्नाम १०८९
५- पिप्ले ३९३६
६- भगवती ३३५६
७- बेग १५२२
८- कुईने मँगले ११४४
जम्मा १५७५३