जिल्लाको करिव ८९ बर्ग किलोमिटर ओगटेको मंगला गाउँपालिकामा चुनावी चहपहल बढेको छ । नगरउन्मुख बावियाचौर बजारमा केन्द्र रहने गाउँपालिका अन्र्तरगत बावियाचौर, अर्मन, बरंजा, कुहुँमा जिल्लामा क्रियासिल राजनीतिक दलले आफ्ना चुनावी प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् । निर्वाचनको मिति नजिकदै गरेको अवस्थामा तीन ठुला राजनीतिक दलसंगै राप्रपाले समेत योजनाका साथ निर्वाचनमा सक्रियता देखाइरहेको छ।

नेकपा एमालेले आफ्नो पकट भएको गाउँपालिका भएको दावी गरिरहेको छ । एमालेको दावीलाई कुहुँ, अर्मन र बरंजाका मतदाता र विगतका निर्वाचन, स्थानीयस्तरमा रहेका कार्यकर्तालाई आधारका रुपमा प्रस्तुत गरेको छ । विगतका निर्वाचनमा समेत एमालेले गाउँपालिका अन्र्तरगतका साविकका गाविसबाट राम्रो मत प्राप्त गरेको थियो । सांसद एव्म पुर्व राज्यमन्त्री नरदेवी पुनको क्षेत्र समेत मानिएको गाउँपालिकाको प्रमुख सहित धेरै वडामा आफ्नो विजय निश्चित रहेको एमालेका जिल्ला देखी गाउँस्तरका नेताहरुको दावी छ ।

एमालेले आफ्नो दावी प्रस्तुत गरिरहेको अवस्थामा नेपाली कांग्रेस र माओवादी केन्द्र, राप्रपाले समेत आफ्ना चुनावी योजनाहरु सहित कार्यकर्ता माझ पुगेका छन् । कांग्रेसले बरंजामा पार्टीका सदस्यता बढेको, अर्मनमा अन्य पार्टीबाट समेत प्रवेश गरेका र कुहुँमा समेत विपक्षीले हल्ला गरेजस्तै कमजोर नभएको भन्दै बावियाचौरमा रहेको पार्टीको अवस्थालाई ेअन्य साविकका गाविसमा समेत विस्तार गरी निर्वाचनको योजना बनाइरहेको बताएको छ ।
यता माओवादी केन्द्र म्याग्दीका नेता चन्द्र ब्ुढाको अर्मनमा विकास निर्माण सहित अर्मनबासी विच लोकप्रियता रहेको, बरंजाका केही वडामा विगतमा निर्वाचनमा समेत माओवादीमा आस्था राख्नेहरुबाट भोट आएको, बावियाचौर, कुहुँमा समेत पार्टीको अवस्था कमजोर नभएको दावी प्रस्तुत गरेको छ।

वर्तमान प्रचण्ड सरकारको नेतृत्वमा बेनी–दरवाङ सडक सहित ग्रामिण सडकमा विनियोजन भएको बजेट सहित अन्य योजनाहरूका कारण पनि जनताको काम गर्ने पार्टी माओवादी भएकाले यसपटक माओवादीलाई गाउँपालिका सुम्पने माओवादीको विश्वास छ । यता तत्कालिन समयमा स्वर्गिय विरेन्द्र शाहलाई गाउँमै पुर्याएर खानेपानी आयोजनाको उद्घाटन गराएका राप्रपाका केन्द्रिय सदस्य भिमप्रसाद गौचनको प्रभावका कारण बुढापाका अझैपनि पार्टीमै रहेको विश्वास जिल्ला तहका नेताहरुको भनाई छ ।

विप्लव माओवादीका जिल्ला सक्रेटरी गम बहादुर श्रीषको समेत प्रभावमा रहेका केही वडाहरुबाट कुन पार्टीका प्रतिनिधिलाई भोट जान्छ भन्ने यकिन भएको छैन् । अहिलेसम्म कुनैपनि राजनीतिक दलले गाउँपालिका र वडामा उम्मेदवारी तय गरेका छैनन् । गाउँपालिका प्रमुखमा एमालेबाट कुहुँका प्रेमप्रसाद रेग्मी, बावियाचौरका सतप्रसाद रोकाको चर्चा धेरै छ भने माओवादी केन्द्रमा अर्मनका चन्द्र बहादुर बुढा र कांग्रेसमा बावियाचौरका नरसिंह केसीको चर्चा छ । जिल्लामा रहेका अन्य गाउँपालिकाकाको तुलनामा आन्तरिक आम्दानीको स्रोत कमजोर मानिन्छ ।
मङगला गॉउपालिका
गाउ सदरमुकाम -वावियाचौर
१- वरंजा ४९७७
२- कुहु ३३८१
३- बाबियाचौर ३४०२
४- अर्मन ४१८९
जम्मा १५९४९

विज्ञापन