मालिका गाउँपालिकामा तीन राजनीतिक दल विच कडा प्रस्तिपर्धा

0

जिल्लाको दोस्रो ब्यापारिक बजार दरवाङलाई केन्द्र निर्धारण गरिएको मालिका गाउँपालिकामा तीन राजनीतिक दल विच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गाउँपालिका अन्र्तरगत पर्ने निस्कोट, रुम, ओखरबोट, देविस्थान र दरवाङका प्रारम्भीक मतदाता १० हजार ७३३ रहेका छन् । जिल्लाका तीन ठुला राजनीतिक दलले आफ्नो विजय हुने दावी प्रस्तुत गरिरहेको अवस्थामा साविकका गाविसमा वडा प्रतिनिधिको अनुहार र पहुँचले समेत गाउँपालिकको प्रमुख चुन्न भूमिका खेल्ने देखिन्छ ।

गाउँपालिका अन्र्तगत साविकका गाविस मध्ये निस्कोटमा कांग्रेस, एमाले र माओवादी, ओखरबोटमा माओवादी, रुममा एमाले, कांग्रेस, माओवादी, दरवाङमा तीनवटै दल र विममा एमालेको बलियो अवस्था रहेपनि माओवादीका चर्चित यूवा नेता हाल राजनीतिमा निस्कृय रहेका सुविन जुग्जालीको भूमिका र सक्रियताका आधारमा चुनावी माहोल बन्ने देखिन्छ । देविस्थानमा तीनवटै राजनीतिक दलले आफ्नो बलियो पकट रहेको दावी प्रस्तुत गरिरहेका छन् । मालिका गाउँपालिको निर्वाचन निकै प्रतिस्र्धात्मक हुने निश्चित छ । गाउँपालिकाको निर्वाचनलाई लक्षित गरेर शनिबार नेकपा एमालेले एमालेकी प्रभावशाली महिला नेतृ रामकुमारी झाक्री सहितको टोलीको उपस्थितिमा क्षेत्रीय आम सभाको आयोजना गरेको छ ।

त्यस्तै कांग्रेसले समेत मतदाता धेरै भएका रुम सहित सम्रग गाउँपालिकामा भेटघाट सहित चुनावी चहपहल सुरु गरेको छ । विगतमा निर्वाचनमा स्वतन्त्र मतदाताले अन्तिम समयमा खेल्ने भूमिकाबाट निर्वाचनको मत परिणाम उथलपुथल भएको मालिकाभित्र रुम र विमलाई एमालेले जनआधार भएको क्षेत्र मान्ने गरेको छ । त्यस्तै रुमलाई नै कांग्रेस र माओवादीले समेत विभिन्न योजना सहित आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । रुममा दलितको मतलाई आफ्नो पक्षमा पार्ने प्रयासमा जुटिरहेको अवस्थमा विप्लव माओवादीका जिल्लास्तरका नेताहरुको भूमिकाले समेत त्यहाँ भूमिका खेल्ने छ ।

दोस्रो संविधान सभाको निर्वाचनमा विप्लवका कार्यकताले समेत भोट हालेका थिए । राजनीतिक दलले आफ्नो दावी प्रस्तुत गरिरहेको अवस्थामा अहिलेसम्म उम्मेदवारको भने टुंगो लगाउन सकेका छैनन् । मालिका गाउँपालिकामा जनआधार र सक्षम नेतृत्व चुन्ने तयारीमा तीनवटै राजनीतिक दल ब्यस्त छन् । संगठन विस्तार सहितका अभियानमा ब्यस्त रहेका दलले पार्टीका कार्यकर्ता र स्वतन्त्र मतदातालाई प्रभाव पार्न सक्ने र पार्टीको मापदण्डका आधारमा उम्मेदवार तोक्ने निश्चित छ । रुम, दरवाङ, निस्कोट, ओखरबोटमा दलित समुदायको भोट निर्णायक जस्तै मानिन्छ । नयाँ मतदाताले लोकप्रियता र प्रभावलाई हेर्न भएकाले पनि साविकका गाविसभित्र रहेका पहिलो पटक मतदानमा सहभागि हुने मतदातालाई जसले आर्कषित गर्छ उसले चुनावमा अपेक्षाकृत नजिता हात पार्नेछ ।

चुनाव जित्ने अवस्था नभएपनि राप्रपाको स्थिति मालिकामा नराम्रो छैन् । आन्तरिक स्रोतको हिसावले मालिका गाउँपालिकाको सम्भावना धेरै छ । जिल्लाको दोस्रो ब्यापारिक केन्द्र, नेपालकै एकमात्र ढोरपाटन शिकार आरक्ष, रुकुम, धौलागिरि आधार क्षेत्र, प्रसिद्ध मालिका मन्दिर लगाएतका पर्यटकीय तथा र्धािमकस्थल र बेनी दरवाङ सडकखण्ड अन्र्तरगत कालोपत्रेका लागि बजेट समेत विनियोजन भएको अवस्थामा अन्य स्रोतहरुलाई समेत परिचालन गर्न सकिने आधारहरु यो गाउँपालिकामा रहेको छ ।
मालिका गॉउपालिका
सदरमुकाम – दरवाङ
१- निस्कोट २२०१
२- रुम ५९३३
३- ओखरबोट २३३६
४- देबिस्थान ३५३७
५- दरवाङ ३५९५
६- बिम १८५६
जम्मा १९४१९