संसारकै पाँचैस्थानमा पर्ने धौलागिरि हिमाल, यार्सागुन्बु सहितका बहुमल्य जडिबु्टीको खानी, नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको सिमा क्षेत्र, रुकुम जिल्लाका केही गाविसको मार्ग, गुरिल्ला पदमार्ग सहित जलविद्युत सहितका पूर्वाधारहरूले समेत प्राथमिकता पाएको धौलागिरि गाउँपालिकामा साविकका सातवटा गाविसलाई मिलाएर बनाइएको छ ।

करिव १४ हजार १०४ मतदाता रहेको गाउँपालिकामा प्रारम्भीक मतदाता संख्या ९ हजार ३९६ जना रहेका छन् । ताकम, मुना, लुलाङ, गुर्जा, मुदी, मराङ र मल्कवाङलाई समेटेर बनाइएको गाउँपालिका समेत जिल्लामा विवादित गाउँपालिका मध्येमा पर्छ । गाउृँपालिकाको केन्द्रका लागि मुना र ताकम प्रस्ताव गरेकोमा आयोगले मुनालाई अस्थायी केन्द्र तोकेपछि ताकमबासीले नाकाबन्दी सहित विभिन्न आन्दोलन गरेपनि माग सुनुवाई भएको छैन् । आन्दोलनका विच ताकम बाहेकका क्षेत्रमा चुनावी चहपहल सुरु भएको छ । स्रोतसाधन र भविस्यमा सम्भावना भएको गाउँपालिकाको प्रमुखमा कुन पार्टीले उम्मेदवार मैदानमा ल्याउँछ भन्नेमा अझै टुंगो नलागेपनि तीनवटै पार्टीको जनआधार बलियो मानिन्छ ।

ताकमम माओवादी, कांग्रेस र एमालेको उस्तै प्रभाव छ । गाउँपालिकाको विवादका कारण कुन पार्टीले कस्तो उम्मेदवार प्रस्तुत गर्छ भन्नेमा ताकमबासी प्रतिक्षामा छन् । सुगमना, पहुँच, पूर्वाधार र घनाबस्ती कार्यक्रम सहित प्रयाप्त भौतिक पुर्वाधार भएपनि राजनीतिक दलले बेवास्ता गरेकोमा आक्रोशित भएका ताकमबासीले चुनावी अभियानमा समेत प्रष्ट रुपमा आफ्नो असन्तुष्टी पोख्ने निश्चित छ । त्यस्तै यसपटक त्यो र यो ब्यक्तिले गाउँपालिका केन्द्र बनाउन दिएन भन्ने सन्देश गाउँमा पुगेकाले पनि मतदाताले मतपेटिकामा आक्रोश पोख्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

अर्को तर्फ मुना, लुलाङ र गुर्जामा मध्ये मुनामा एमाले, कांग्रेस र माओवादी र लुलाङमा माओवादी, कांग्रेस र एमालेले आफ्नो राम्रो उपस्थिती भएको दावी गदैं आइरहेका छन् । लुलाङमा दलित समुदायको भोट आर्कषणका रुपमा लिने गरिन्छ । गुर्जामा कांग्रेस र माओवादी बलियो छन भने एमालेले मेहतन गर्नुपर्ने देखिन्छ । छन्त्याल र दलितको बसोबास रहेको गुर्जाबाट कमल छन्त्याल, काठमाण्डौमा रहेका दिप छन्त्याल सहित कांग्रेसका जिल्ला देखी केन्द्र सम्म प्रभाव भएका नेताहरु समेत छन् भने माओवादीका तर्फबाट झक प्रसाद छन्त्यालको प्रभाव पनि उस्तै छ ।

यता मुदीमा एमालेको उपस्थिती राम्रो छ । कांग्रेस र माओवादीले समेत विगतको तुलनामा आफ्नो संगठनात्मक गतिविधिलाई सुधार गरेका छन् । मुदीको अति विकट क्षेत्र अन्र्तरगत पर्ने केही बस्तीमा भने अहिलेका जनप्रतिनिधि प्रति जनताको आक्रोश छ । यता विकट मल्कवाङमा एमाले अगाडी देखिन्छ भने विस्तारै कांग्रेसले समेत आफ्नो पाइला अगाडी बढाएको छ । कुईनेमंगलेका मुकुन छन्त्याल, ओम छन्त्यालले आफ्नो जातिय प्रभावलाई त्यहाँ पुर्याउन सफल भएका छन । यता माओवादीले दलित समुदायको मतलाई आफ्नो पक्षमा पार्न प्रयास गर्ने देखिन्छ । गुर्जाका झक प्रसाद छन्त्यालले मल्कवाङमा केहीरात विताए त्यहाँ उनका आफन्तबाट मत बटुल्न सक्ने अवस्थालाई समेत अस्वीकार गर्न सकिदैन् । गाउँपालिका अन्र्तरगत पर्ने मराङमा एमाले, माओवादी र कांग्रेसले आफ्नो राम्रो उपस्थिती रहेको बताइरहेका छन् ।

छिमेकी विमबाट पञ्चायत विरुद्ध संघर्षमा धेरै दिन मराङमा विताएका सांसद नवराज शर्माको प्रभाव समेत यहाँ देखिन्छ भने कांग्रेसका दिल बहादुर केसीले समेत आफ्नो राजनीतिक साख जोगाउन समेत यहाँ मेहनत गरेको पाइन्छ । धौलागिरि गाउँपालिकामा कांग्रेसबाट महाधिवेशन प्रतिनिधि तम बहादुर थापा, कमल छन्त्यालको चर्चा छ । मुनाबाट समेत तरुणदलका यूवाहरुले गाउँपालिकामा दावी गरिरहेका छन् । एमालेबाट शिक्षण पेशाबाट राजीनामा दिएर मुदीकी थमसरा पुन, ताकमका यूवा रेशम छन्त्याल, दिनेश केसी र मुनाबाट समेत नेताहरुले दावी गरेको स्रोतको भनाई छ । यहाँको निर्वाचनमा गाउँपालिकाको केन्द्रलाई अन्तिम टुंगो लगाउने गरी मतदान हुने भएकाले पनि उम्मेदवारलाई निषेध र पराजित गर्ने खेलमा समेत मतदाताहरु परिचालित हुने खतरा छ ।
धौलागिरी गाउपालिका
गाउ सदरमुकाम -मुना
१- ताकम ३७५४
२- मुना २३४५
३- मुदी २५०३
४- लुलाङ १४८४
५- गुर्जा ९६४
६- मराङ १७८७
७- मल्कबाङ १२६७
जम्मा १४१०४