६० औ सहकारी दिवसको अवसरमा म्याग्दीका विविध कार्यक्रम गरी मनाइएको छ । सहकारी संघ म्याग्दीले आयोजना गरेको कार्यक्रमको अवसरमा सदरमुकाम बेनी आयोजित कार्यक्रमको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले उद्घाटन गर्दै गरिवी निवारण र स्वरोजगारमुलक कार्यक्रममा सरकारले समेत सहकारी संस्था संघ सहकार्य गरेर अगाडी बढेको बताउनुभयो ।

सहकारीले ग्रामिण क्षेत्रमा रहेका सम्भावना सहित सहकारीमार्फत समृद्ध समाज बनाउने जिम्मेबारी समेत प्राप्त गरेकाले सोही लक्ष्य प्राप्तीको अभियानमा अगाडी बढ्न समेत अनुरोध गर्नुभएको थियो । जिल्लामा सहकारी मार्फत बचत तथा ऋण बाहेक अन्य विभिन्न सामाजिक कार्यमा समेत निकै सक्रियता देखाइरहेकोमा उत्साहित भएको समेत बताउनुभयो।

सोही अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्य, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, सहकारीको तर्फबाट दोभान कृषि सहकारीकी अध्यक्ष अमृतदेवी बानियाँ लगाएतले मन्तब्य राख्नु्भएको थियो । कार्यक्रममा राज्यले तीनखम्बे अर्थनीतिमा सहकारीलाई समेत आवद्ध गरेपनि तल्लोस्तरको ब्यवहार गर्ने गरेको समेत गुनासो समेत गरिएको थियो । राज्य, निजी क्षेत्र र सहकारी देशको अर्थतन्त्रका मेरुदण्ड मानिएपनि परिचय अनुसारको जिम्मेबारी र सहकार्यमा राज्य चुकेको सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक विर्खचीले आरोप लगानुभयो ।

सोही अवसरमा नारी जागृति महिला विकास बहुउदेश्यीय सहकारी प्रथम, दिदी बहिनी बचत तथा ऋण सहकारी द्धितिय, लोक दिप बचत तथा ऋण सहकारी संस्था तृतीय र संगिनी बचत तथा ऋण सहकारीले सान्त्वना भएको थियो । यसैविच दिवसको अवसरमा धौलागिरि अञ्चलमै उत्कृष्ट स्थान हासिल गरेको दिदी बहिनी बचत तथा ऋण सहकारीलाई सम्मान समेत गरिएको थियो । सहकारी संघका सचिव रामप्रसाद सुबेदीले सञ्चालन गरेको दिवसको अवसरमा जिल्लाको ताकम स्थायी घरभई हाल पर्वतको लामाखेत बस्ते दुईजना दृष्टिविहिनलाई दिदी बहिनी सहकारीले मुठीदान सहयोग गरेको थियो ।