म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा संकाय तर्फको विएड प्रथमबर्षको नतिजा प्रकाशित भएपछि दृष्टिविहिन गोपाल खत्रीले पढाईमा सहयोग गर्ने सहयोगदातालाई सम्झिए । विएडमा अध्ययरत ८० विद्यार्थी मध्ये ११ जना उत्र्तिणा भएको सुचीमा ३२८ नम्बर लिएर संकाय नै टप गरेपछि उनले आर्थिक अवस्था कमजोर भएकै कारण खेप्नुपरेको समस्यालाई समाधान गर्न स्वदेश तथा विदेशबाट आर्थिक सहयोग गर्नेलाई धन्यवाद दिएका छन् ।

‘मैले बे्रललिपिको सहायतमा यो उपलब्धी हासिल गरे । मलाई सहयोग गर्नेहरुलाई सधै सम्झने छु’ खत्रीले बेनीअनलाइनसंग भने । परिवारमा आर्थिक अवस्था कमजोर भएकै कारण क्याम्पसको प्रशासन, प्राध्यापक लगाएत कक्षामा साथीहरूको सहयोगसंगै आवश्यक शैक्षिक साम्रागी सहित लत्ताकपडा र खानाबस्नका लागि आर्थिक जुटेकाले पढाईमै ध्यान केन्द्रित गरेको उनको भनाई छ ।

साङ्ग भन्दा उनलाई पढाईमा निकै सकस हुन्छ । कक्षामा अघिल्लो बेन्चमा बस्ने गरेका खत्रीले कोठाबाट कक्षासम्म आउन समेत कछुवाको गतीमा लम्कनुपर्छ । उनलाई कक्षामा आउँदै गर्दा सहकर्मीहरुको साथले थप हौसला प्रदान गरेपनि पाठ्यक्रम अनुसारको सुविधाको अभावले उनले पटकपटक मेहनत गरेर मात्रै सफलता प्राप्त गर्ने गरेका छन् । छात्रबासमा बस्ने खत्रीको साथमा सधै साम्रागी हुन्छन् । उनको मेहनतबाट प्रभावित भएर साङ्ग विद्यार्थीले समेत साही अनुसार अध्ययन गर्ने गरेको अनुभव समेत क्याम्पसका प्राध्यापकहरुसंग छ ।

बेनीअनलाइनमा आन्तरिक परिक्षा टप गरेपनि भोकभोकै आउँछन भन्ने समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोगलाई पढाईमै खर्च गरेको बताए । मेजर अंग्रेजीमा अध्ययरत खत्रीलाई स्नातक तहसम्मको शिक्षाका लागि न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले बार्षिक रुपमा सहयोग हस्तान्तरण गरेर थप सहज बनाएको थियो । सात जनाको परिवारमा एक्ला छोरा खत्रीले स्नातन तहको शिक्षा लगत्तै शिक्षण पेशामै आवद्ध भएर परिवारको मुख्य आम्दानीको स्रोत बन्ने योजना समेत बुनेका छन् ।

उनका दुई बहिनी पनि शाररीक रुपमा आपाङ छन् । बहिनी रमा दृष्टिविहिन र संगिता बहिरा रहेकाले उनीहरूको आवश्यकाले समेत खत्रीलाई सताउने गरेको छ ।अपाङ्ता भएका विद्यार्थीहरूको समस्यालाई समाजमा फरक दृष्टिकोणले हेर्न गरिएकाले आफुँले भविस्यमा शिक्षक भएर अपाङ्ता भएका क्षेत्रका बालबालिकालाई शिक्षामार्फत उज्वल भविस्य बनाउने लक्ष्य रहेको समेत बताए । यसैविच खत्रीलाई म्याग्दी बहुमुखी क्याम्पस प्रशासन, प्राध्यापक, सहकर्मी लगाएतबाट समेत बधाई आइरहेको छ ।