उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ मा नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार घोषणा गरेको छ । स्थानीय निकायको निर्वाचनको मिति नजिकदै जाँदा चुनावी अभियानलाई प्रभावकारी बनाउन साविकको घार गाविसबाट कांग्रेसका तर्फबाट कृष्ण बहादुर बरुवाल र नेकपा एमालेबाट गोकुल बरुवाललाई वडा अध्यक्षमा उम्मेदवारी बनाएका छन् ।

केही दिन अगाडी गाउँमा भएको कांग्रेसको भेलाले नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य, नेपाल तरुण दलका पुर्व अध्यक्ष समेत रहेका कृष्ण बरुवाल र नेकपा एमालेका जिल्ला कमिटि सदस्य एवम् मुक्तिमार्ग माविका पूर्व प्रअ समेत रहेका गोकुल बरुवाललाई उम्मेदवारी बनाएपछि कडा प्रतिस्पर्धाको संकेत देखिएको छ ।

विद्यालयका प्रअ एवम् शिक्षा प्रेमी गोकुल र विद्यालयकै पूर्व अध्यक्ष एवम् गाउेँका सामाजिक क्षेत्रमा सक्रिय रहेका कृष्ण दुवै एउटै गाउँका हुन् । गाउँटोल र आफन्त समेत पर्ने बरुवालद्धय विच कडा प्रतिस्पर्धा हुने निश्चित छ । लामो समय विद्यालयका प्रअ र हाल ब्यवस्थापन समितिका बसेका गोकुल र विद्यालय ब्यवस्थापन र क्याम्पस बनाउन आयोजित महायज्ञ सहित ज्रिल्लामा गाउँलेका समस्यालाई लिएर विभिन्न निकायमा समस्या लिएर पुग्ने कृष्ण दुवै लोकप्रिय मानिन्छन् ।

दुवै पार्टीका कमिटीबाट सर्वसम्मतिले अध्यक्षमा उम्मेदवारी दिएका प्रत्यासीले गाउँको विकास र आवश्यकतालाई मध्यनजर गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । यसैविच गाउँपालिकाको प्रमुखमा कांग्रेसले डम बहादुर पुनलाई उम्मेदवार बनाइसकेको छ भने नेकपा एमालेबाट समेत अन्तिम तयारी भइरहेको छ । माओवादीले गाउँ अभियानमार्फत उम्मेदवार टुंगाउने तयारीमा जुटेको छ ।

विज्ञापन