मालिका गाउँपालिकाको प्रमुखमा कांग्रेसबाट श्रीप्रसाद रोका मगर

0
335

म्याग्दीको मालिका गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट श्रीप्रसाद रोका मगर भिड्ने भएका छन् । नेपाली कांग्रेस गाउँपालिकाको भेलाले तरुण दल म्याग्दीका उपाध्यक्ष एवम् यूवा नेता रोका मगरलाई गाउँपालिकाको प्रमुखमा उम्मेदबार बनाउने सर्वसम्मतिले निर्णय गरेको हो । दरवाङ तल्लो दुखुका श्रीप्रसादले यूवा अवस्थामै सडक, विद्युतीकरण, खानेपानी, विद्यालय लगाएतका विकास निर्माणका क्षेत्रमा खेलको भूमिकालाई गाउँपालिकाको हितमा समेत प्रयोग गर्न सकिने भएकाले मालिका गाउँपालिका हाँक्न सक्ने सक्षम रहेको संयोजक रेख पुनले बताए ।

मालिका गाउँपालिका अन्र्तरगत दरवाङ, निस्कोट, रुम, ओखरबोट, देविस्थान र विमका कांग्रेस प्रतिििनधिहरुका साथै जिल्ला सदस्य लोम मल्ल, भिजेन्द्र पुन लगाएतको उपस्थितिमा भएको भेलाले गाउँपालिकाभित्रका सबै वडामा कार्यकता, सुभचिन्तक सहितको उपस्थितीमा अभियानमुखी कार्यक्रम सञ्चालनगर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोतको पहिचान, पर्यटकीय र धार्मिकस्थलका रुपमा रहेका विभिन्न क्षेत्रहरुमा पर्यटकको चाप लगाएत विभिन्न कार्ययोजनाहरुलाई कार्यान्वयन गर्ने प्रष्ट भिजन रहेको गाउँपालिका प्रमुखका उम्मेदवार रोकाले बेनीअनलाइनलाई बताए । ’मलाई पार्टीले दिएको जिम्मेबारी प्रति उत्साहित छु, अहिलेसम्म इमान्दारितापुर्वक काम गरेको छु’ उनले भने ।

मालिका गाउँपालिका–६ दुखुका रोकाले गाउँपालिका अन्र्तरगत रहेको मालिका मन्दिरलाई देशभरबाट धार्मिक पर्यटक भित्राउने, पश्चिम म्याग्दीमा जलविद्युत आयोजनालाई प्राथमिकता दिने, बागलुङ जोड्ने विकासे आयोजना, निस्कोटका प्राकृतिक सम्भावना सहित गाउँपालिका अन्र्तरगत रुमको ढुंगाखानी, भौगोलिक विकटता भएका क्षेत्रहरुमा विषेश सुविधा सहितको योजनामा काम गर्न मतदातालाई अनुरोध सहित घरदैलो अभियानमै पुगेर सहयोग माग्ने बताए। तल्लो दुखुको सती प्रावि ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रोकाले निजी विद्यालय सरह सामुदायिक विद्यालयलाई स्रोतकेन्द्रको नमुना बनाउन सफल भएका छन् । त्यस्तै स्वर्गिय पिताले अधुरो छोडेको विद्युतीकरण, सडक सञ्जाल र गाउँमै रहेको भाले बास्ने तालको समेत प्रचारप्रसारमा समेत उनको भूमिका रहेको छ ।

पश्चिम म्याग्दी यातायात प्रालिको अध्यक्ष समेत रहेका रोकालाई उम्मेदवार बनाउने टुंगो लागपछि मंगलबार देखी नै प्रचारप्रसारको अभियान सुरू भएको छ । यसैविच गाउँपालिकाको उपप्रमुखमा रुमकी बिमला रोकालाई बनाउने निर्णय समेत भएको छ । गाउँपालिकामा प्रारम्भीक मतदाता १० हजार ७३३ रहेका छन् । जिल्लाको दोस्रो ब्यापारिक केन्द्र, नेपालकै एकमात्र ढोरपाटन शिकार आरक्ष, रुकुम, धौलागिरि आधार क्षेत्र, प्रसिद्ध मालिका मन्दिर लगाएतका पर्यटकीय तथा र्धािमकस्थल र बेनी दरवाङ सडकखण्ड अन्र्तरगत कालोपत्रेका लागि बजेट समेत विनियोजन भएको अवस्थामा अन्य स्रोतहरुलाई समेत परिचालन गर्न सकिने आधारहरु यो गाउँपालिकामा रहेको छ ।