Person voting

पछिल्ला दुईदशक यता सम्पन्न भएका निर्वाचनमा एउटै अनुहारलाई भोट हालेका म्याग्दीबासीले स्थानीय निकायको निर्वाचनमा पुरानालाई विस्थापित गरेर नयाँ अनुहार चुनावी मैदानमा देख्न चाहेको बताएका छन् । जिल्लामा क्रियासिल ठुला र साना राजनीतिक दलबाट तत्कालिन गाविसको निर्वाचनमा उम्मेदवार बनेकाहरू समेत मैदानमा देखिने संकेत देखिएपछि नयाँ र भिजन भएकालाई निर्वाचनमा उम्मेदवार बनाउन पार्टीका जिल्ला देखी गाविसस्तरसम्मका छलफल र भेटघाटमा कार्यकताले जिल्ला नेतृत्वलाई दवाव दिइरहेका छन् ।

आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको मिति नजिकदै जाँदा चुनार्वी सगर्मी बढिरहेको अवस्थामा कस्ता उम्मेदवार आउँछन् भन्ने सर्वत्र चासो बढिरहेको छ । ‘भिजन भएका उम्मेदवार बन्नुपर्छ । सबै एउटै नेताले जिल्ला देखी गाउँसम्म नेतृत्व गर्न खोज्नु गलत हो’मालिका गाउँपालिका अन्र्तरगत पर्ने ओखरबोटका नविन पुनले भने ।उनले स्थानीय निकायको निर्वाचनमा पनि गाउँपालिका भित्र रहेका साविकका गाविसहरुको श्रोतसाधनको प्रयोग, विकाससंगै रुपरेखा कोर्न सक्ने ब्यक्तिले उम्मेदवारी दिएमा जनताले मतबाट सक्षमलाई रोज्न सक्ने बताए । गाउँपालिका भित्रका साविकका गाविसहरूमा लोकप्रियता भएकाहरूको चर्चाका कारण राजनीतिक दललाई समेत दवाव बढेको छ ।

नयाँ र यूवाले नेतृत्व गरे केही फरक र विकास निर्माणले समेत गति लिनेमा म्याग्देली आशाबादी छन् । अहिलेसम्म घेोषित उम्मेदवारमध्ये मालिका गाउँपालिकाकामा कांग्रेसको तर्फबाट श्रीप्रसाद रोका युवा हुन् । राजनीतिक दल आन्तरिक तयारीमा ब्यस्त भइरहेको अवस्थामा बेनी नगरपालिका र गाउँपालिकामा भने उम्मेदवारको चर्चा सुरु भएको छ । ठुला तीन राजनीतिक दलका तर्फबाट गाउँपालिका प्रमुख र नगरपालिकाको मेयरका दावेदारीहरूर रायसुभाव सङ्कलन गर्न सामाजिक सञ्जालमा समेत सम्भावित उमेदवारका बारेमा चर्चा सुरु भएपछि चुनावी माहोल तातेको छ ।

ठुला राजनीतिक दलले विभिन्न कार्यक्रम गरी पार्टी प्रवेश, संगठन विस्तार लगाएतका आन्तरिक रणनीति बनाउन ब्यस्त छन् । विगतमा पकट मानिएका क्षेत्रहरूभन्दा कमजोर र अन्य पार्टीका कार्यकर्ता आर्कषित गरिरहेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले चुनावी प्रचारप्रसारलाई ग्रामिण क्षेत्र केन्द्रित गरिरहेका छन् । यूवाहरुले सामाजिक सञ्जालमा देखाइरहेको चासोले पनि भिजन भएको र लोकप्रिय नेताको खोजी भइरहेको छ ।
करिव ७१ हजार मतदाता रहेको जिल्लामा यसपटक नगरपालिका र गाउँपालिकामा विजय प्राप्त गर्न सके त्यसले लामो समयसम्म पार्टीलाई बलियो बनाउने भन्दै सबैजसो दलले गाउँस्तरका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने गरी कार्यक्रम गरिरहेको छन् । जिल्लामा कांग्रेस, एमाले र माओवादी विच प्रतिस्पर्धा हुने छ ।

संविधान सभा देस्रोको निर्वाचनमा विजय प्राप्त गरेको एमाले र बलियो मत सहित दोस्रो भएको कांग्रेस र पार्टीको नेतृत्व सरकारमा रहेकाले पनि माओवादी केन्द्रले समेत आफ्नो प्रभाव बढाइरहेको छ । यता निर्वाचन कार्यालयका प्रमुख केदारनाथ पौडेलले जिल्लामा निर्वाचनको तयारी भइरहेको बताए । उनले मतदान केन्द्र निर्धारण गरिसकिएको र सुरक्षा योजना लगाएतका निर्वाचन सम्बन्धित गतिविधिहरुलाई तिब्रता दिइएको बताउँदै दैनिकजसो दलका कार्यकर्ताहरु निर्वाचन कार्यालयमा आउने गरेको बताए । स्थानीय निर्वाचनमा सहभागि हुने मतदातामा ठुलो हिस्सा पहिलो पटक र परिर्वतका लागि मत हाल्ने मतदाता छन् । यता विप्लव नेतृत्वको माओवादीले भने निर्वाचन बहिस्कारको घोषणा गदैं पोष्टर र भित्रेलेखन सुरु गरेको छ।

विवादित गाउँपालिकामा के हुन्छ ?
जिल्लामा दुई गाउँपालिकाको विवाद ब्यवस्थापन नभए स्थानीय निकायको निर्वाचनको माहोल बन्न सकेको छैन् । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा धौलागिरि गाउँपालिका र रघुगंगा गाउँपालिकाको केन्द्रमा दुईवटा गाविसलाई प्रस्ताव गरी आयोगलाई अन्तिम निर्णय गर्ने अनुरोध गरेपछि चर्किएको विवादले जिल्लामा निर्वाचनको वातावरण बन्न सकेको छैन । धौलागिरि गाउँपालिकाको केन्द्रमा ताकम र मुना गाविसलाई र रघुगंगा गाउँपालिकाको केन्द्रमा पिप्ले गाविसको रघुगंगा गाउँपालिका र पाखापानी प्रस्ताव गरिएको थियो । रघुगंगा गाउँपालिकाका आन्दोलनरत पक्ष प्रधामन्त्री सहित ठुला राजनीतिक दलका प्रमुखलाई भेटेर आफ्नो माग प्रस्तुत गरिसकेका छन् । एउटा गाउँपालिका थपको हल्ला चलेपनि त्यो अहिलेसम्म सम्भव देखिएको छैन् ।

आयोगले मुना र पाखापानीलाई अस्थायी केन्द्रको प्रस्ताव गदैं प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि पटकपटक गरिएका आन्दोलनको सुनुवाई नहुदाँ अस्थायी केन्द्रको प्रस्तावमा असन्तुष्ट गाविसले चर्को आन्दोलन गरेका छन् । रघु्गंगा गाउँपालिका अन्र्तरगत पर्ने पिप्ले, भगवती, बेगखोला र धौलागिरि गाउँपालिकाको ताकम गाविसका बासिन्दाले असन्तुष्ट जनाइरहेका छन् । राजनीतिक दलले समेत ती गाउँपालिकामा चुनावी माहोल बनाउन सकेका छैनन् । गाउँपालिकाको पक्ष र विपक्षमा भइरहेको आन्दोलनका कारण दल समेत अलमलमा परेका छन् । ‘हचुवाको भरमा केन्द्र तोकिएको छ, निर्वाचन मात्रै होईन राज्यको उपस्थिीति पनि सुन्य बनाउने गरी अभियान सञ्चलन गदैंछौ’ धौलागिरि गाउँपालिका संघर्ष समितिका सदस्य गोपाल आचार्यले भने । आयोगले भुगोल भन्दा पनि गुगलबाट हेरेर केन्द्र तोकेकाले खाद्य साम्रागी आपुर्ती समेत रोक्ने गरी आन्दोलन सुरु गरिएको बताए ।