आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडा देखी मेयरसम्म यूवाले दावी गरेका छन् । म्याग्दी जिल्लामा सहर देखी ग्रामिण क्षेत्रसम्म चुनावी चहपहल सुरू हुन थालेपछि जिल्लामा क्रियासिल तीन ठुला राजनीतिक दल सहित साना दलमा समेत यूवा र नयाँ अनुहाले पुराना नेतालाई विस्थापित गदैं निर्वाचनमा अवसर खोजीरहेका छन् । एक नगरपालिका र ५ गाउँपालिका रहेको जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचनको रणनीति, संगठन विस्तार, उम्मेदवारको प्रारम्भीक सुची तयार लगाएतका गतिविधिलाई तिब्रता दिएका छन् ।

तीनै दलमा आवद्ध यूवाले पुरानो पुस्ताबाट विकास र निकास सम्भव नभएकाले यूवाको हातमा स्थानीयतह सुम्पिनुपर्नेमा दवाव दिएका छन् । जिल्लाभर टोली बनाएर अभियान सुरू गरेका दलमा आवद्ध यूवाले चर्को दवाव दिएपछि निर्वाचनमा यूवा अनुहार देखिने सम्भावना धेरै रहेको दल निकट स्रोतको भनाई छ । वडा, गाउँपालिका र मेयरको प्रारम्भीक छलफलमा यूवाको संख्या ठुलो देखिएको छ । बेनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट रमेश कुमार श्रेष्ठ, अनोद श्रेष्ठ, नेकपा एमालेबाट प्रमोद श्रेष्ठ, सन्तोष रावल, कृष्णकुमार विश्वकर्मा, सुरत केसी, नारायण जिसी लगाएतका यूवा नेताले मेयरमा आफ्नो अडान लिएका छन् ।

त्यस्तै नगरपालिकासंग जोडिएको मंगला गाउँपालिकामा नेपाली कांग्रेसबाट श्रीराम पौडेल, नेकपा एमालेबाट रुद्ध किसान, पदमलाल सापकोटा, सागर सुबेदी, माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहाल सचिवालयका पुनम खड्का,त्यसैगरी मालिका गाउँपालिकामा नेपाली कांग्रेसबाट सर्वसम्मतिमा उम्मेदवारी दिएका श्रीप्रसाद रोका मगर, नेकपा एमालेबाट बेगप्रसाद गर्बुजा, स्वतन्त्रबाट माओवादीबाट निस्कृय सुविन जुग्जाली, धौलागिरि गाउँपालिकाबाट नेपाली कांग्रेसका डम्बर बहादुर भण्डारी, नेकपा एमालेबाट दिनेश केसीका शैक्षिक क्षेत्रमा सक्रिय यूवा, माओवादी केन्द्रबाट झक प्रसाद छन्त्याल, यता रघुगंगा
गाउँपालिकामा कांग्रेसबाट ओम छन्त्याल, नेकपा एमाले र माओवादी केन्द्रभित्र समेत यूवाहरुको दावी रहेको छ । त्यस्तै अन्नपुर्ण गाउँपालिकामा कांग्रेसले पुर्व भारतीय सेनाका क्याप्टेन डम बहादुर पुनलाई उम्मेदवारी तय गरेपनि नेकपा एमालेबाट यूवा नारायण पुन र माओवादी केन्द्रबाट पुस्कल विक लगाएतका यूवाले गाउँपालिका प्रमुखमै दावी गरिहेका छन् ।

दुईदशक अगाडी सम्पन्न भएको स्थानीय तहमा विजय र सहभागि भएका पार्टीका गाउँस्तरका नेताले पुनः दावी गरेपछि यूवाहरूले आत्मनिर्भर जिल्ला बनाउन यूवाको काँधमा जिम्मेबारी दिनु्पर्नेमा चर्को दवाव दिएपछि दलका नेताहरूलाई समेत उम्मेदवार छनोटमा हम्मेहम्मे परेको छ । स्थानीयस्तरमा विद्यालय, मोटरबाटो, सामुदायिक भवन, यूवा क्लव लगाएतका सामाजिक संघसंस्थामा सफलतापूर्वक नेतृत्व गरेका यूवालाई बुढापाकाले समेत सहयोगको प्रतिबद्धता जनाएपनि नेतृत्व लिन हौसिएका छन् ।‘यूवासंग भिजन छ, यूवाबाटै परिवर्तन सम्भव छ’ यूवा संघ नेपालका विदेश विभाग प्रमुख एवम् बेनी नगरपालिकाका मेयरका दावेदा सन्तोष रावलले बेनीअनलाइनलाई भने ।

उनले आधुनिक विकासको मोडेल यूवापुस्तामा भएकाले आफ्नो अनभुव र सीपलाई प्रयोग गर्ने नेतृत्वमै पुग्नुपर्ने अवस्था रहेको बताए । दुईवटा संविधान सभाको निर्वाचनमा सहभाथि भएका धेरै यूवाहरूले एउटै ब्यक्तिले तीनदशक सम्म अवसर पाउँदा नयाँ पुस्ता आफ्नो क्षमता प्रयोग गर्नबाट बन्चित हुनुपर्ने अवस्थालाई हेरेर नेतृत्वको दावी गरेको माओवादी केन्द्र मंगला गाउँपालिका प्रमुखका दावेदार पुनम खड्काले बताए । ‘मैले प्रधानमन्त्रीको कार्यालयबाट जिल्लाको विकासका लागि आफ्नो क्षमता अनुसारको प्रयोग गर्दा जिल्लाका तीनजना सांसदको पहुँचलाई सहजै मुल्याङ्कन गरे ।

यूवाले समान्य आफ्नो योजनालाई प्रयोग गर्दा समेत धेरै उपलब्धी हुने महसुस गरे’ उनले भने । जिल्लामा आवश्यक सडक, विकास निर्माण सहितका समस्या लिएर मन्त्रालय वा सम्बन्धित निकायमा पुग्दा समेत केही राहत हुने अवस्थामा यूवाको जोश र जागर जस्तै उमेर पार गरेकाहरूबाट सम्भव भएको उनको भनाई छ । राजनीतिमा जिम्मेबारी प्राप्त गरे यूवापुस्तालाई समेत रचनात्मक कार्यमा सक्रिय गराउँदै अपराधिक गतिविधि सहित समाजमा बर्जित कुनैपनि कार्यमा संलग्न हुनबाट निरुत्साहित गर्न सकिने आकांक्षीको भनाई छ । जिल्लामा बेनी नगरपालिका र पाँच गाउँपालिकामा रहेका ४५ वडामा यूवा आकांक्षी एकअर्को पार्टीका यूवा विच समेत सहकार्य गरिरहेका छन् । जिल्लामा ७१ हजार ४ सय ७२ मतदाता रहेका छन् ।