म्याग्दीमा स्वास्थ्य बीमा सेवा लिनेमा पुरुष भन्दा महिला धेरै

0
335

गुणस्तरीय र सर्वसुलब स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गदैं उपचार खर्चमा नागरिकको वित्तिय सुरक्षा प्रदान गर्ने गत फागुन देखी सुरु गरिएको स्वास्थ्य बीमामा पुरुषको तुलनामा महिला आर्कषित भएको तथ्याङ्कन सार्वजनिक भएको छ । नेपालमा स्वास्थ्य बीमा लागु भएको एकबर्ष पुगेको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्लाभर १७ सय ११ जना विमित मध्ये ९ सय ३१ जना महिला र ७ सय ८० जना पुरुष रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका म्याग्दी जिल्ला प्रवन्धक अर्जुन पण्डितले बताए ।

जिल्लाका ४ सय ११ घरधुरीले सेवा लिएका छन् । ‘कार्यक्रम लागु भएपछिको यो संख्या राम्रो हो । पुरुषको तुलनामा महिलाले बीमा सेवाप्रति चासो देखाएका छन’ उनले भने । गत बर्षको चैत्र २५ गते कैलाली जिल्लाबाट सुरू भएको कार्यक्रम म्याग्दी, बागलुङ, इलाम, अछाम, बैतडी, कास्की र पाल्पा जिल्लामा सुरू भएको छ । नेपाल सरकारले उपलब्ध गराएको गरिबीको परिचय पत्र भएका अति गरिबलाई १ सय प्रतिशत, गरिबलाई ७५ प्रतिशित र सिमान्तकृत गरिबलाई ५० प्रतिशत योगदान रकममा छुटको ब्यवस्था समेत गरिएको छ ।

बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेका अनु्सार जिल्लामा विमा सेवा लिएपछि सुचिकृत औषधी र सेवामा बेनी अस्पतालबाट ५७ जना, प्राथमिक स्वास्थ्य केन्द्र दरवाङबाट ७ र धौलागिरि अञ्चल अस्पताल बागलुङबाट ७ जनाले सेवा लिएकोमा ७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको थियो । सेवामा दर्ता भएको दुईदेखी तीन महिनाभित्र विमामा उल्लेख गरिएका सेवा लिन मिल्छ ।

एक परिवारको ५ जना सदस्य भएमा बार्षिक २५ सय भुक्तान र सो भन्दा बढी भए प्रति सदस्य ४२५ रुपैयाँको दरले थप गरी एक परिवारले बार्षिक ५० हजारसम्मको औषधी, प्रयोगशाला, बहिरङ्ग, शल्यक्रिया, अन्तरङ्ग लगाएत नेपाल सरकारले निशुल्क उपलबध गराएका बाहेका सुविधा उपलब्ध हुने ब्यवस्था रहेको छ । जिल्लामा शिक्षित बर्ग नै विमा सेवाबाट बाहिर रहेकाले बीमा सेवाको पहुँच विस्तारमा सहयोग गर्नुपर्ने नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले बताए । पत्रकार सम्मेलनमा बेनी अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मी, प्राथमिक स्वास्थ्य केन्द्र दरवाङका प्रमुख डा. राजेन्द्र पौडेल, जिल्ला अस्पतालका चिकित्सक लगाएतको उपस्थिति रहेको थियो ।