राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस को अवसरमा बेनी नगरपालिका–९ नेप्टेचौरका रवी कार्की सम्मानित भएका छन् । शुक्रबार काठमाण्डौमा आयोजित महासंघको स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोह मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा नाट्यकर्मी कार्कीलाई १५ हजार राशिको जनसंस्कृति युवा प्रतिभा पुरस्कार म्याग्दी० लाई प्रदान गरेका थिए ।

बाल्यकाल देखिनै गायन र कलाकारिताको क्षेत्रमा सक्रिय रहेका कार्कीले सम्मानबाट उत्साहित भएको बताए । ‘सम्मानले जिम्मेबारी थपिएको छ, ब्यवसायीक रुपमै यस क्षेत्रमा सक्रिय हुने प्रयास गर्नेछु’ कार्कीले बेनीअनलाइनसंग भने । एकबर्ष रोजगारको सिलसिलामा मलेसियामा बसेर फर्किएका कार्कीले केही महिना अगाडी बेनीबजार झर मायाँलु नामक पञ्चेबाजा गीतबाट समेत लोकप्रिय बनेका थिए ।

जनचेतनामुलक नाटक सहित स्टेज कार्यक्रममा समेत धौलागिरि अञ्चल विच लोकप्रिय रहेका छन् । हाँस्य विधामा आफ्नो परिचय स्थापित गरेका कार्कीले लोक गायनमा समेत आफ्नो उपस्थिती देखाएका छन् । देशभरका यूवा प्रतिभा छनौट समितिले कार्कीलाई र संस्कृतिविद् शङ्कर पोखरेल ९मोरङ०लाई नगद २५ हजार राशिको जनसांस्कृतिक पुरस्कार–२०७३ सम्मान गरेको थियो ।

विज्ञापन