म्याग्दीमा स्थानीय निकायको निर्वाचनको तयारी तिब्र पारिएको छ । आगामी बैशाख ३१ गते हुने निर्वाचनका लागि म्यादी प्रहरी छनौट, मतदानस्थल, मतपत्र, मतदाता शिक्षाका लागि स्वयमसेवक छनौट सहितका निर्वाचनलाई आवश्यक पर्ने तयारी तिब्र पारिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए ।

निर्वाचनको मिति नजिकदै जाँदा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले समेत चुनावी तयारी सुरु गरेका छन् । बेनी नगरपालिका र पाँच गाउँपालिकामा मतदाताको संख्या समेत टुंगो लागेको छ । कुल मतदातामा सबैभन्दा थेरै अन्नपुर्ण गाउँपालिकाको सर्वोदय मावि भुरुङ तातोपानीमा १ सय ४८ जना मतदाता रहेका छन भने सबैभन्दा धेरै मंगला गाउँपालिकाको दिपशिखा मावि कुहुँमा २४ सय १३ जना मतदाता रहेका छन् ।

निर्वाचनको तयारीमा रहेका राजनीतिक दलले आफ्नो मत र मतदातालाई बढाउने अभियानलाई समेत तिब्रता दिएका छन् । म्याग्दीमा मतदानस्थल टुंगो लागेपनि मतदान केन्द्रको संख्या बढ्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले १ हजार मतदाता भएका गाउँपालिका अन्र्तरगतका वडालाई अर्को केन्द्र बनाउन सकिने प्रावधान उल्लेख गरेपनि १ हजार १ सय भएका मतदातालाई के गर्ने भन्ने बारेमा जिल्ला निर्वाचन कार्यालय अलमलमा परेको छ ।

विज्ञापन