आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको मतगणना गाउँपालिकाको केन्द्रमै हुने भएको छ । जिल्लामा निर्वाचनको तयारीका सम्बन्धमा प्रेस यूनियन म्याग्दीले शनिबार गरेको साक्षात्कार कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले सम्बन्धित गाउँपालिकाको केन्द्रमै मतगणना हुने खुलासा गरेका छन् । निर्वाचन आयोगले गाउँपालिकाको केन्द्रमा रहने निर्वाचन अधिृकतको कार्यालयमा मतदान सम्पन्न भएपछि आवश्यक सुरक्षाका विच मतगणना गर्ने गरी तयारी सुरू गरेको समेत अधिृकत पौडेलले बताए ।

‘निर्वाचन सकिएपछि पनि केही समय कार्यालय सञ्चालनमा हुनेछ ।मतदान पछि समेत धेरै काम बाँकी रहन्छ’ पौडेलले भने । उनका अनुसार गाउँपालिकाको सभा, महिला, दलित अल्पसंख्य लगाएत मनोनित गर्नुपर्ने पद सहित निर्वाचनका अन्तिम काम टुंगो लगाउन केही समय लाग्ने समेत बताए । उनले दुईदशक पछाडी स्थानीय निकायको निर्वाचन हुन लागेकाले मतदातालाई मतदाता शिक्षाका लागि समेत अभियान सञ्चालनको तयारी भइरहेको बताए। जिल्लाभर १ सय ५ जना मतदाता शिक्षाका लागि स्वयमसेवकलाई परिचालन गरिने बताए । निर्वाचन कार्यालयमा ब्यापक सुरक्षा ब्यवस्था गरिने छ ।

तीनचरणको सुरक्षा घेराभित्र मतगणना हुने छ । पाँचवटा गाउँपालिका मध्ये धौलागिरि गाउँपालिकाको विवाद अन्त्य भएको छ भने रघुगंगा गाउँपालिकाको पिप्ले, भगवतीका जनता अझैपनि मतदान प्रक्रियामा सहभागि नहुने घोषणा गरेका छन् । जिल्लामा बैशाख ३ गते मुख्य निर्वाच्न अधिकृतको कार्यालय र गाउँपालिकामा १३ गते स्थापना गरिने छ । गाउँपालिका अन्र्तरगतका मतदानस्थलबाट कडा सुरक्षाका विच मतपेटिका केन्द्रमा पु¥याइने छ । मतदान केन्द्रबाट मतपेटिकालाई सुरक्षाको प्रवन्ध समेत मिलाइएको छ ।

मतदाता शिक्षामा स्वयमसेवक सहित राजनीतिक दलका कार्यकताले समेत चासो देखाउनुपर्ने उनको भनाई छ । निरक्षर मतदाताको मत बदर हुने सम्भावना धेरै भएकाले पनि मतदातालाई शिक्षा दिने अभियानलाई प्राथमिकतामा राखिएको उनले बताए । जिल्लामा कुल मतदाता ७१ हजार ४६३ जना रहेको छ । बेनी नगरपालिका र ५ गाउँपालिकामा चुनावी अभियानमा जुटेका दलले समेत उम्मेदवारीको टुंगो लगाएपछि मतदातालाई मतका बारेमा जानकारी गराउन समेत निर्वाचन कार्यालयले अनुरोध गरेको छ । निर्वाचनको मिति नजिकदै जाँदा चुनार्वी सगर्मी बढिरहेको अवस्थामा कस्ता उम्मेदवार आउँछन् भन्ने सर्वत्र चासो समेत बढिरहेको छ ।