म्याग्दी कांग्रेसको भकिम्लीमा कार्यकर्ता भेला

0

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचलनलाई लक्षित गरेर नेपाली कांग्रेस म्याग्दीले आइतवार बेनी नगरपालिका ३ भकिम्लीका कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउने संकल्पका साथ सुरु गरेको सो भेलालाई सम्बोधन गर्दै म्याग्दी कांग्रेसका निवर्तमान सभापति एवम् सांसद रेशमवहादुर बानियाँले नेपालका हरेक राजनीतिक परिवर्तनहरुको नेतृत्व नेपाली कांग्रेसले गरेको भन्दैै अव सम्मृद्धि र विकासको यात्रामा नेपाली कांग्रेस लागेकोले आफ्नो नगर,क्षेत्र र गाउँको सम्मृद्धि र विकासका लागि आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुको विकल्प नरहेको बताउँनुभयो ।

सांसद बानियाँले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीमा नेपाली कांग्रेसलाई जिताउन र कांग्रेसको अभियानलाई सफल बनाउन सहयोग गर्न सबैसंग आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान सहसभापति नेत्रवहादुर महत, अभियानका संयोजक एवं जिल्ला समितिका सचिव हरिकुमार श्रेष्ठ,सचिव क्या.मीनवहादुर कार्की,नगर सभापति अनोद श्रेष्ठ,सदस्य अमृता बानियाँ,महासमिति सदस्य विमला गौचन, मनकुमारी विक,अजयमिलन श्रेष्ठ,विरवहादुर विक,प्रध्यापक रामजीप्रसाद सुवेदी,किसान संघका सभापति सम्मरबहादुर थापा,ट्रेडयुनियन कांग्रेस र शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदी,महिला उपाध्यक्ष जमुनाकुमारी रोका,तरुण दलका सचिव सुमन बानियाँ,महिला संघका सचिव सृजना श्रेष्ठ,नेविसंघका कार्यवाहक अध्यक्ष एकेन्द्र रावल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका २७ जना नवप्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गरिएको थियो । सोही भेलाले वडा नं ३ का सभापति क्या. जसवहादुर पुनको संयोजकत्वमा ३५ सदस्यीय चुनाव प्रचारप्रसार समिति पनि गठन गरेको छ । कार्यक्रम वडा सभापति क्या.जसवहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
२०७३ चैत २७ गते विहान १० बजे धु्रबसागर शर्मा