उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजय

0

नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनबम्याग्दीका उद्योगपति प्रमोद श्रेष्ठले उपाध्यक्ष पदमा विजय भएका छन् । काठमाण्डौमा सम्पन्न महासंघको ५२ औ महाधिवेशनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठले ५३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्धन्द्धी दिनेश श्रेष्ठले ४८ मत प्राप्त गरेको म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीमा महासचिव राजेश शाक्यले बेनीअनलानलाई बताए । ‘सम्रग धौलागिरि अञ्चलको जीत हो । लोकप्रियतालाई तोड्न गरिएका सबै प्रयास असफल पारियो’ उनले भने । लामो समय उद्योग वाणिज्यको गतिविधिमा संलग्न रहेका श्रेष्ठले तीन कार्यकाल केन्द्रिय सदस्यमा खुल्ला तर्फबाट विजय भएका थिए । केन्द्रिय सदस्यमा लोकप्रिय मतले निर्वाचित भएका श्रेष्ठले संस्थापन र अध्यक्ष सहित केही पूर्व अध्यक्षले अर्का उपाध्यक्षमा उम्मेदवार दिनेश श्रेष्ठलाई सर्मथन गरेका थिए ।

म्याग्दी उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष, पुर्व अञ्चल संयोजक, केन्द्रिय सदस्य हुदै महासंघका विभिन्न जिम्मेबारी सम्हाल्दै आएका थिए । १०७ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट एक जिल्लाबाट एकजना प्रतिनिधिले भोट हाल्ने प्रावधान रहेको थियो । बस्तुगत तर्फबाट जिल्ला तथा नगरमा उम्मेदवारी दिएपछि धेरैजसो जिल्लाबाट रुष्ट भएर प्रमोद श्रेष्ठलाई समर्थन गरेका थिए । यसैविच श्रेष्ठको बिजय संगै म्याग्देली उत्साहित भएका छन् । निजी क्षेत्रबाट राज्यलाई दवाव दिनसक्ने स्थानमा पुगेका श्रेष्ठको प्रयासबाट जिल्लाको आर्थिक क्षेत्रमा समेत थप लगानी जुटाउन सहज हुनेमा म्याग्देली आशाबादी छन् ।