यसकारण प्रमोद श्रेष्ठले उपाध्यक्षमा विजयको माला लगाए

0
241

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानले पराजय स्वीकार गदैं गर्दा उनका प्यानलबाट जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट विजय भएका प्रमोद श्रेष्ठको फोन र सामाजिक सञ्जालमा बधाई आइरहेको थियो । जिल्ला तथा नगर तर्फबाट लगातार तीनपटक केन्द्रिय सदस्यमा लोकप्रिय मतले विजय प्राप्त गरेका श्रेष्ठको लोकप्रियतालाई संस्थापन पक्षको कुनैपनि प्रभावले छेक्न सकेन् ।

तीनपटक सबैभन्दा धेरै मत ल्याएर केन्द्रिय सदस्यमा विजय भएपनि श्रेष्ठलाई पुर्व अध्यक्ष चन्डीराज ढकाल, निर्वतमान अध्यक्ष पशुपति मुरारका, नव निर्वाचित अध्यक्ष भवानी राणा लगाएतको टोलीले खुलेर गोल्छा प्यानलको पक्षमा चर्को लविङ गरी निर्वाचन आचारसंहिताको उल्लंघन गरेपनि चुनावी रणनितीका साथ अभियानमा सक्रिय भएको प्रमोद श्रेष्ठ सहितको टोलीले जिल्लामै पुगेर आफ्नो भिजन सहितको योजना सुनाएर मत बटुल्ने प्रयास गरेको थियो । निर्वाचनमा केन्द्रमै चलखेल गर्नेका विचमा कमजोर मानिएको प्रधान प्यानलले जिल्लास्तरमै धेरै कार्यक्रम गरेर चुनावी माहोल बनाएपनि प्रधान सहित उनका प्यानलबाट धेरैले पराजय भोग्न बाध्य भए ।

महासंघमा पूर्व अध्यक्ष चन्डिराज ढकालको प्रभाव र आफुँ अनुकुलका ब्यक्तिलाई नेतृत्वमा ल्याउने र विधान संसोधन गरी बरिष्ठ उपाध्यक्षमा निर्वाचन गराएर स्वत अध्यक्ष हुने प्रावधानबाट समेत धेरै उद्योगीब्यापारी रुष्ट थिए ।महासंघको नेतृत्वका लागि मंगलबार भएको चुनावबाट बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाको प्यानलले प्रष्ट बहुमत ल्याएपनि गोल्छाका तर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठलाई प्रधान प्यानलबाट प्रमोद श्रेष्ठले रोक्न सफल भए । आर्थिक चलखेल, भविस्यमा जिम्मेबारी सहित विभिन्न प्रलोभनका विच जिल्ला तथा नगरको तर्फबाट ५३ मत सहित बिजय बनाएका छन् । १०७ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट एक जिल्लाबाट एकजना प्रतिनिधिले भोट हाल्ने प्रावधान रहेको थियो । श्रेष्ठले विगतका निर्वाचनमा समेत सबैजसो जिल्लामा पुगेर आफ्नो परिचय सहित राम्रो सम्बन्ध स्थापित गरेका थिए । जिल्ला तथा नगरमा नयाँ नेतृत्व आउँदा उनले दिने चासो र सहयोगी सम्बन्धको प्रभाव मतपेटिकामा देखिएको छ ।

स्रोतसाधन र शक्तीको प्रयोगका विच पनि म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट उम्मेदवारी दिर्एका श्रेष्ठको विजयले महासंघमा तरङ ल्याएको छ । ‘महासंघमा उहाँले प्रस्तुत गर्नुभएको इमान्दारिताको कदर भएको छ । चुनावी अभियानमा प्रत्यक्ष–प्रत्यक्ष मत दिनेहरुप्रति आभार प्रकट गर्दछौ’ म्याग्दी उद्योग वाणिज्य महासंघका अध्यक्ष जीवन कुमार विश्वकर्माले बेनीअनलाइनलाई भने ।

चुनावी अभियानमा देशभर पुगेका विश्वकर्माले नगर तथा जिल्लामा श्रेष्ठको लोकप्रियता देखेर चुनावी नजिता अपेक्षा गरे अनुसारकै आउनमा आशाबादी थिए। जिल्ला अभियानपछि काठमाण्डौ केन्द्रित चुनावी अभियानलाई अस्तब्यस्त बनाउने प्रयासलाई समेत धौलागिरि अञ्चलबाट पुगेका उद्योगीब्यापारीले असफल बनाउन सफल भएका थिए । ‘लोकप्रियताको सामुने आर्थिकले प्रभाव पार्न सक्दैन भन्ने उदाहरण हो । इमान्दारितापूर्वक काम गर्नेको मुल्याङ्कन जटिल समयमा पनि हुन्छ’ म्याग्दी उद्योग वाणिज्य महासंघका महासचिव राजेश शाक्यले भने ।

उनका अनुसार उपाध्यक्षमा निर्वाचित भएपछि आर्थिक गतिविधि सहित अञ्चलको विकासमा समेत योजनाहरु अगाडी बढाउन सहज भएको बताए । उपाध्यक्षमा विजय श्रेष्ठले महासंघको धौलागिरि अञ्चल संयोजकको जिम्मेबारीमा रहदाँ मुस्ताङमा केन्द्रिय टोली सहितको भेला, बेनी–जोमसोम सडकमा रहेको सिन्डिकेट तोड्न गरेका प्रयास, जलविद्युतमा लगानीका साथै आर्थिक क्षेत्रमा गरेका प्रयासबाट समेत जिल्ला तथा नगरमा उत्साह थपेको थियो । जिल्ला तथा नगरमा रहेको लोकप्रियतालाई तोड्न गरिएका सबै किसिमका प्रयास असफल भएपछि श्रेष्ठले उपाध्यक्षको जिम्मेबारी लिएर महासंघमा प्रवेश गर्न सफल भएका छन् ।

यस्तो छ प्रारम्भीक मतपरिणाम
महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत हुन्छ । ९९ वटा वस्तुगत सदस्यको मतभार २० प्रतिशत हुन्छ । ८५६ एशोसिएट सदस्यको मतको हिस्सा ३० प्रतिशत छ ।जिल्लामा शेखरले ६१ मत प्राप्त गरे भने किशोरले ४२ मत ल्याए। उता वस्तुगतमा किशोरले ५१ मत पाए भने शेखरले ४७ मत पाए।

वस्तुगततर्फ प्रधानले केही बढी मत ल्याएपनि जिल्ला तथा नगरमा बढी मत ल्याएपछि गोल्छा जीतको नजिक पुगेका हुन् । त्यसैगरी वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रधान समूहका शंकर प्रसाद पाण्डे र अनुपबहादुर मल्ललाई पराजित गरे । एशोसियटतर्फबाट भने चन्द्रप्रसाद ढकाल निर्बिरोध उपाध्यक्ष भएका छन् ।निर्वाचनबाट केन्द्रीय कार्यसमिति सदस्यमा गोल्छा समूहकै बर्चश्व देखिएको छ । वस्तुगतर्फ गोल्छाका ८ सदस्य निर्वाचित हुँदा प्रधानका ४ जना आएका छन् ।त्यसैगरी जिल्ला तथा नगरमा पनि गोल्छाकै बहुमत देखिएको छ । जिल्लारनगरको १८मध्ये १६ केन्द्रीय सदस्य गोल्छा प्यानलबाटै निर्वाचित भएका छन् ।