मृगौलापीडितलाई अमृत गर्बुजाको उपचारमा ११ लाख १५ हजार जुट्यो (विवरण सहित)

0

मृगौला रोगबाट ग्रसित रघुगंगा गाउँपालिका–४ दग्नाम माझिगाउँका अमृत गर्बुजाको उपचारमा ११ लाख १५ हजार ४६६ सङ्कलन भएको छ। दुवै मृगौलामा खरावी भएपछि उपचारको खोजीमा रहेका गर्बुजालाई स्वदेश तथा विदेशमा रहेका दग्नामबासीको पहलमा सुरू भएको आर्थिक सङ्कलन अभियानबाट संकलित सहयोगलाई विभिन्न समयमा हस्तान्तरण समेत गरिएको दग्नाम बैदेशिक सहयोग समिति बराइनका मोहन तिलिजाले बताए । ‘मृगौला प्रत्यारोपण गरेर नियमित उपचारमा हुनुहुन्छ, सबैको सहयोगबाट नयाँ जिवन पाउनुभएको छ’ तिलिजाले भने ।पिडित गर्बुजालाई आमा दिल कुमारी गर्बुजाको मृगौला प्रत्यारोपण गरिएको थियो ।

उपचार, यातायात, आवास, औषधी लगाएत विभिन्न खर्च गरी करिव १३ लाख खर्च भएको पिडित गुर्बजाले बताए ।‘अझै तीन महिना नियमित चेकजाँच गर्नुपर्छ, सबैतीरबाट सहयोग प्राप्त भएकाले मेरो नयाँ जिवन सम्भव भयो’ उनको भनाई उद्धित गदैं बराइनबाट तिलिजाले बेनीअनलाइनलाई भने । उपचारमा आर्थिक सहित प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराएका गर्बुजालाई सहयोग जुटाउन विश्वभर रहेका दग्नामबासीले सहयोग सङ्कलन गरेका थिए। आफ्नो खर्चलाई कटाएर, सामाजिक सञ्जाल सहित विभिन्न माध्यमबाट सङ्कलन गरिएको थियो ।

सहयोग सङ्कलन गर्नेको विवरण
1)एकता युवा क्लब दग्नाम को रोहबर मा रु 65,975/
2)दग्नाम/दर्मिजा गलेस्वोर बेनि समाज बात रु 16,420/
3)दग्नाम/दर्मिजा समाज पोखरा बात रु.5,000/
4)दग्नाम/दर्मिजा समाज kaathmaandu बात रु 31,110/
5)दग्नाम बैदेशिक सहयोग समिती बहराइन को नेतृत्व बात रु.1,19,971/
6)नरमाया र मनु पाइजा को नेतृत्व मा हङ्कङ बात रु.1,53,000/
7)शिव तिलिजा को नेतृत्व मा कुर्दिस्तान बात रु.36,000/
8)आवाज गर्बुजा स्मृति कोषबाट रु.5,000/
9)खगु गर्बुजा को नेतृत्व बात रु.13,500/
10)युमन गर्बुजा,रिम गर्बुजा,हमती गर्बुजा र झमाया पुन korea बात रु.40,000/
11)शेर बुदुजा मलेशिया बात रु 20,000/,
13)खुम बहादुर राम्जाली (दोबा)को नेतृत्व मा कतार बात रु 68,081/
साथै उहाको श्रीमति बात रु 13,000/र साली दुर्गा पुर्जा बात रु 1,000/,गोमा पुर्जा बात रु 1,000/
14)बिन्द गर्बुजा साउदी रु 5,000/
15)चीन गर्बुजा कतार रु 2,000/

पीडितको माइती( च्युरिबोत )
1)दिलिप पुन को नेतृत्व बात रु 2,36,000/
2)तान्सरा घर्ती को नेतृत्व मा रु.2,00,000/
3)दुर्गा घर्ती बात रु .40,000/
4)पिपला पुन बात रु.20,000/
5)इन्द्र राम्जाली बात रु.20,000/
6)दिल प्रसाद बात रु 14,500/
7) इस्वरी थापा बात रु.5,000/

अमृत गर्बुजाको आमाको माइत कोतगाउँ
राम्बिर पाइजा रु.25,000/
एबिका पुन रु.18,000/
एलिशा पाइजा रु.10,000/