यूवाले सङ्कलन गरेको एक रुपैयाँले गलेश्वरका जेष्ठ नागरिकलाई भोजन (फोटो फिचर)

0

एकबर्ष अगाडी बेनीबजारमा सरसफाई अभियान सुरु गरेर यूवाले एक सदस्य एक रुपैयाँ अभियान सञ्चालन गर्दा धेरैले दुईदिनको रमाईलो भने । यूवाले विरेन्द्रचोकमा शुभकामना आदानप्रदान सहित एक सदस्यबाट एक रुपैयाँ संकलन गरेर सामाजिक अभियानको सुरुवात गरेको घोषणा गरे । अभियान सुरु गरेको एकबर्ष पछाडी तीनै यूवाले बेनी नगरपालिकाको गलेश्वरमा रहेका बृद्धआश्रममा जेष्ठ नागरिकलाई भोजन गरेर नयाँ बर्षको पहिलो दिनको सुरुवात संगै अघिल्लो बर्ष सुरु गरेको अभियानलाई पवित्र कार्यमा खर्च गरे ।

बेनीबजारका युवाहरुको एभर ग्रीन युथ क्लव बेनिले शुक्रबार बेनि नगरपालिका अन्र्तरगत गलेश्वरमा रहेको बृद्ध आश्रमका ४० जना बृद्धबृद्धालाई भोजन सहित नयाँबर्षको शुभकामना आदानप्रदान गरेका छन् । सहर देखी गाउँसम्म बालबालिका देखी बृद्धबृद्धासम्मले शुभकामना आदानप्रदान गरेर नयाँ बर्ष मनाइरहेको बेलामा क्लवमा आवद्ध भएका यूवाहरुले परिवारबाट बृद्धआमश्रममा आएका जेष्ठ नागरिकलाई शुभकामना दिएर भोजनमा सहयोग गरे ।

यूवाहरु बृद्धआमश्रममा गएर नयाँ बर्षको शुभकामना साटासाट गर्दा उत्साहित भएको क्लवका सदस्य विवेक सापकोटाले बताए । ‘एकदिन एक रुपैयाँ अभियानमा सबैले बचत गरेका थियौ। नयाँबर्षको दिन बृद्धआश्रममा जाँदा बृद्धआमाहरु उत्साहित हुनुभएको थियो’ सापकोटाले भने । केही बृद्धबृद्धालाई आफ्नै छोराबुहारीले बृद्धआश्रममा छोडेको सुनेपछि भोजनका लागि पुगेका यूवाहरुले चासोपूर्वक जिज्ञासा राखेका थिए । जन्मदिने आमाबुवाको महत्वका बारेमा जानकारी नभएका छोराहरु समेत समाजमा रहेको भन्दै यूवाले बृद्धबृद्धाको छोराहरु आफुँ बन्न प्रयास गर्ने बताएका थिए ।

क्लवमा आवद्ध ५० जना यूवाले सङ्कलन गरेको आर्थिकबाट करिव २२ हजारले ४० जना बृद्धबृद्धालाई भोजनको ब्यवस्था गरिएको क्लवका ललित पुर्जाले बताए । ‘परिवार छोडेर आश्रममा बस्नुभएको छ, उहाँहरुको खुसीलाई फर्काउन अझैपनि सहयोगको आवश्यकता छ’ उनले भने । आश्रममा बस्ने बृद्धबृद्धाले यूवालाई समेत धन्यवाद दिदै बाल्यकालमा आफ्ना छोराछोरीको सम्झना आएको बताउँदा यूवाहरु समेत भावुक भएका थिए । क्लवमा आवद्ध यूवाले बृद्धबृद्धालाई भविस्यमा समेत सहयोगको प्रतिबद्धता जनाएर फर्किएका थिए । क्लवले सरसरफाई अभियान, खेलकुद सहित विभिन्न रचनात्मक कार्यमा सहभागि हुने क्लवले जनाएको छ ।