बेनी नगरपालिका–३ भकिम्लीको टिमुरेमा रहेको जयन्ती माध्यामिक विद्यालयको निर्माणधिन अवस्थामा रहेको भवनलाई अमेरिकामा बस्ने भकिम्लीबासीको पहलमा १२ लाख १२ हजार २ सय आर्थिक जुटाएका छन् ।

जिर्ण अवस्थामा रहेको भवनलाई विस्थापन गरी स्थनीयको पहलमा स्ुरु भएको करिव ३ करोड लागतको ३० कोठे भवन निर्माणमा अभियानमा अमेरिकामा रहेका भकिम्लीका याम पुन सहित १३ जना यूवाको पहलमा उक्त रकम संकलन गरिएको आर्थिक शनिबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक राम बहादुर पुनले गाउँ देखी प्रवाससम्म रहेका भकिम्लीबासीको सहयोगबाट विद्यालयको भवन निर्माणकार्यले तिब्रता पाएपनि बेलाबेलामा आर्थिक संकटको सामना गर्नुपरेको बताउनुभयो ।

उहाँले खाद्यन्न साम्रागीको विक्री गरेर समेत स्थानीयले आफ्नो क्षमता अनुसार सहयोग गरेको स्मरण गदैं भूकम्प प्रतिरोधात्मक १० कोठे भवन निर्माणको क्रममा ७६ लाख खर्च भएर पनि २० लाख ऋण रहेको बताउनुभयो । सोही अवसरमा अमेरिकामा रहेका गोर्कण श्रीष मगर, याम पुन, विकास घर्तीमगर, दिपिका छन्त्याल,मोहन रोका, भिमा पुन, शान्ति श्रीष मगर, कमल सुबेदी, प्रेम सुबेदी, कृष्ण थापा मगर, राम श्रीष मगर र इन्द्र थापा मगरका अभिभावकलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा भवन निर्माणमा सक्रिय रहेका पुर्ण बहादुर पुनले तीन करोड लगानीमा स्थानीयले अभियानको सुरुवातको क्रममा धेरै संघर्ष गर्नुपरेको स्मरण गदैं भकिम्लीबासीको पसिनामा निर्मांणधिन भवनले भावि सन्ततीलाई गुणस्तरीय शिक्षाका लागि सहज हुने बताउनुभयो । कार्यक्रममा गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङका विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले शैक्षिक गुणस्तर बढाउन भौतिक पुर्वाधारको समेत महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ती दुर्गाराम सुबेदीले भवन निर्माणमा सहयोगी भूमिका खेल्नेलाई धन्यवाद दिनुभयो। विद्यालयका पुर्व प्रध्यानध्यापक समेत रहनुभएका सुबेदीले जिल्ला शिक्षा कार्यालयबाट समेत भवन निर्माणमा करिव २० लाख सहयोगले राहत पुगेपनि अझै सहयोगको आवश्यकता रहेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समाजसेवी जंग बहादुर श्रीष, सञ्चालन शिक्षक भोज बहादुर जिसी र अध्यक्षता विब्यस अध्यक्ष पदम पुनले गर्नुभएको थियो । विद्यालयको भवन निर्माणमा अझै दुईकरोड भन्दा धेरै आवश्यकता रहेको छ।



सहयोगदाताको विवरण
1) Gokarna Shrees Magar(Bhakimli) $1005
2)Bikash Gharti Magar(Bhakimli) $1000
3)Dipika Chhyantal(Bhakimli)$1000
4)Padam Pun Magar(Bhakimli)$1000
5)Yam Pun Magar(Bhakimli)$1000
6)Mohan Roka Magar(Bhakimli)$500
7)Bhima Pun Magar(Bhakimli)$500
8)Shanti Shrees Magar(Bhakimli)$500
9)Krishna Thapa magar(Bhakimli)$500
10)Ram Shreesh Magar(Bhakimli)$200
11)Indra Thapa Magar(Bhakimli)$200
12)Man Roka Magar(Brangja)$150
13)Sujal chhyantal(Brangja)$150
14)Deepak Roka Magar(Brangja)$100
15)karna Roka Magar(Arman)$150
16)Naryan Roka Magar(Arman )$50
17)Prakash Thapa(Arman )$40
18)Mahendra Pun Magar(Niskot)$51
19)Bels Pun Magar(Niskot) $50
20)Rajin Pun Magar(Niskot)$100
21)Hem Pun Magar (Niskot)$100
22)Dipal Pun Magar (Bima)$70
23)Bishal Jugjali Magar(Bima)$50
24)Rupesh Thapa Magar((Bima)$50
25)Tirtha Gharti Magar(Devisthan)$50
26)Ramesh Tulachan(Darbang)$10
27)Keshar B Khatri chettri (Arman)$100
28)Bhabin Sherpunja Magar(Khun)$100
29)Dilip k.Shreesh Magar(Baglung) $100
30)Prakash Rana Magar(Baglung)$100
31)Sunil Gharti Magar(Baglung)$100
32))Suresh pun Magar(Baglung)$100
33)Suman Pun Magar(Baglung)$60
34)Hari Khadka (Baglung)$50
35)Sher Bhandari (Baglung)$50
36)Roshan Thapa(Parbat)$100
37)Nelson Khadka(Beni)$100
38)Tej Gurung (NY)$11
39)vishma Thapa(NY)$20
40)Dipak Barakoti Magar(NY)$20
41)Karma Gurung (NY)$51
42)Kiran Pun Magar(NY)$40
43)Premlal Budha Magar(NY)$20
44)Darshan Thapa (NY)$20
45) Kipa Gurung (NY)$20
46) Prem Chettri (NY)$20
47)Hemanta Rai (NY)$20
48) Ran Gurung (NY)$20
49)Nima Sherpa (NY)$21
50)Sanghoon lee (NY)$20
51)Parrain Magar (NY)$20
52)Karma Gurung (NY)$20
53)Ramesh Panaru(NY)$20
54)Aajay Gurung (NY)$20
55)Bishnu Sharma (NY)$20
56)Sonam Gurung (NY)$20
57)Bishnu Sharma (NY)$20
58)Sonam Gurung &Angnima Sherpa $20
59)Man Rana Magar (NY)$51
60)Yogesh Limbu(NY)$51
61)Pasang lama(NY)$20
62)Lila Ale Magar(NY)$20
63)Kuldeep rana Magar(Sindhuli)$20
64)Nepali Bhancha Ghar (NY) $20
65)Subash Gurung (Pokhara)$150
66)kamal & Prem Subedi (Bhakimli)$500
67)Thomas Mungoven (NY)$1000
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Total $11,801/-
NPR :: 1202222/-