नेपाली काग्रेस म्याग्दीले बैशाख ३१ गते हुने स्थानिय निकायको चुनावलाई लक्षित गरेर घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । जस मध्ये आईतबार बेनि नगरपालीका ५ डडुवामा पहिलो दिनमै १० जना एमाले त्याग गरी काँग्रेसमा प्रबेश गरेका छन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिथि चिरनजिवी शर्मा, डडुवाका एकाई सभापति हिम बहादुर खत्री र स्थिानिय कार्यकर्ताले गरको घरदैलो कार्यक्रममा एमाले पाटीका १० जना पाटी परित्याग गरी नेपाली काँग्रसमा प्रवेश गरेका छन ।

काँग्रेसमा प्रवेश गर्नेमा खड्क बहादुर पाईजा कान्छा, उज्जल पाईजा, राम बहादुर पाईजा, सुनिल पाईजा, देबेन्द्र पाईजा, हिम बहादुर पाईजा, धन बहादुर पाईजा, निरज पाईजा, दिल कुमारी खत्री र धन कुमारी खत्री गरी १० जना काँग्रेसमा प्रवेश गरेको एकाई सभापती खत्री भताए । घरदैलो कार्यत्रलमलाई अझै प्रभावकारी तरीकाले लैजाने र हर गाउँमा घरदैलो कार्यक्रम गर्नेे नेपाली काँग्रेस म्याग्दीले जनाएको छ । स्थानिय चुनाव आउने बेला सम्म नेपाली काँग्रस प्रत्येक म्याग्देृलि मतदातमको आँगनमा पुग्ने समेत जनाएको छ । राकेश शर्मा