ओमकुमारी शान्ति कोषलाई बहराईनबाट ११ लाख ६५ हजार (सहयोग विवरण सहित)

0

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बहराईनमा रहेका म्याग्देलीले ११ लाख ६५ हजार ५१३ रुपैयाँ सङ्कलन गरेका छन्। म्याग्दी उद्धार समिति बहराईनले नयाँ बर्ष २०७४ को अवसरमा आयोजित कार्यक्रमकमा आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सक्रिय रहेको जिल्लाको एकमात्रै परोपकारी संस्था कोषमार्फत आर्थिक जुटाउने अभियानमा म्याग्देलीले आफ्नो क्षमता अनुसार खुलेर सहयोग गरेका छन् ।

बहराईनमा रहेका म्याग्देलीको साझा संस्था समेत रहेको समितिको कार्यक्रममा सहभागि हुन पुगेका शान्ति कोषका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्र कुमार केसी र सचिव लोकेश पुन मगरलाई भब्य स्वागत गदैं संस्थाको आजिवन सदस्यता सहित आर्थिक सहयोग गरेको समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए । ‘आर्थिक संकलन अभियान जारी छ । दुखीगरिवको सेवामा सहयोग गर्ने प्रति आभारी छौ’ थापाले भने ।

कोषलाई म्याग्दी उद्धार समिति बहराईनले १ लाख, अध्यक्ष तेजेन्द्र थापाले १ लाख,कोषाध्यक्ष विकास पाईजा ७० हजार,दग्नाम बैदेशिक सहयोग समिति ६० हजार, समितिका सल्लाहकार भरत परियार ५६ हजार ५५५, संरक्षक गोरख राम्जाली ५५ हजार ५५५, सल्लाहकार लेखत छन्त्याल ५१ हजार, भिम थापा, मनकुमारी थापा ४० हजार १०१, याम राना ३५ हजार ५५५, प्रमुख सल्लाहकार लालप्रसाद पुन ३५ हजार, उपाध्यक्ष लोक राम्जाली ३५ हजार लगाएत ७० जनाले आर्थिक सहयोग गरेका छन् ।

समितिका अनुसार आर्थिक संकलन अभियान जारी छ । बेनी नगरपालिका–१४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको जिवन रक्षामा खेलको भूमिकाबाट बहराईनमा रहेका म्याग्देलीले विगतमा समेत धेरै सहयोग गरेका छन् ।

कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका जटिल रोगको उपचारमा भइरहेको छ । जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ । गरिव तथा विपन्नबर्गको उपचारका साथै भुकम्प, बाढीपहिरो पिडितलाई समेत आर्थिक जुटाएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । ‘बहराईनमा रहेका म्याग्देलीको सहयोगबाट उत्साहित छौ । कोषको लक्ष्यप्रातिमा सहज भएको छ’ उनले भने । उनका अनुसार १ करोड ५० लाखको अक्षय कोषको स्थापना गरी विपन्नको उपचारलाई थप प्रभावकारी बनाउने अभियान समेत सञ्चालन भइरहेको बताए । आजिवन सदस्य, आर्थिक सहयोग संगै ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक बन्ने अभियानले समेत तिब्रता पाएको छ ।