स्थानीय निकायको निर्वाचन बहिस्कारको अभियानलाई छोडेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्लास्तरका नेता–कार्यकर्ताले चुनावी अभियानमा जुटेका अन्य राजनीतिक दलमा प्रवेश गरेपछि जिल्लामा चुनावी चहलपलमा बढेको छ ।

सहर देखी ग्रामिण क्षेत्रसमम निर्वाचनको चहलपहल सुरू भइरहेको अवस्थामा बहिस्कारको पोष्टर सहित अभियानमा समेत सहभागि भएका जिल्ला, गाउँ तथा वडास्तरका नेताकार्यकर्ताले निर्वाचनको माहोललाई रोक्न सम्भव नभएको नरहेको भन्दै ेनी नगरपालिका–४ सिङ्गा इन्र्चाज सहितका १९ जना नेता कार्यकताले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । बेनी नगरपालिका अन्र्तरगत बेनीबजार, भकिम्ली, सिंगा, ज्यामरुककोट सहित जिल्लाका विभिन्न गाउँपालिकामा पार्टी प्रवेशको लहरमा नेकपाका नेता–कार्यकर्ता भेटिन थालेपछि चुनावी अभियान थप पेचिलो बनेको छ ।

करिव दुईदशक पछाडी जनताको धेरदैलोमै आवश्यक सुविधा सहितको अधिकार पुग्ने गरी हुन लागेको निर्वाचनलाई बहिस्कारले जनताको सेवासुविधालाई अवरोध गर्ने प्रयास भएको भन्दै बतत्कालिन समयमा मसालबाट एकताबाट सक्रिय भएका मसालका पूर्व जिल्ला सेक्रेटेरी देबेन्द्र बानियाँ सहित नेकपाका जिल्ला सल्लाहकार टेकनारायण रेग्मी, लोकनाथ पौडेल, देवबहादुर कार्की, देविप्रसाद पौडेल लगाएतले निर्वाचनमा आफ्नो समर्थन र सहभागिता आवश्यकता रहेको भन्दै पार्टी परित्यागको घोषणा गदैं नेकपा एमालेमा आवद्ध हुने घोषणा गरेका थिए ।

‘हरेक घरमा निर्वाचनको चलहपहल छ, हामीले बहिस्कार भनेर गाउँलेको भावना विपरितको काम गर्दैनौ’ नेकपा छोडेका एक नेताले भने । उनले पार्टी परिवर्तन लगत्तै चुनावी अभियानका केन्द्रित भएको बताए । नेकपाको धौलागिरि अञ्चलका अन्य जिल्लाको तुलनामा म्याग्दीमा प्रभाव धेरै मानिन्छ । माओवादीबाट निस्कृय भएकाहरू पार्टी परिवर्तन सहित स्वतन्त्रबाट समेत उम्मेदवारीको घोषणा गरिरहेका छन् ।

भकिम्लीमा नेकपामा आवद्ध भएका र निकट मानिएकाले समेत स्वतन्त्रबाट पदम पुनलाई जिताउने अभियानमा जुटेका छन् । जयन्ती माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सहित धेरै विकास निर्माणका अभियानको नेतृत्व गरेका पुनलाई ०७० सालमा निर्वाच बहिस्कारमा जुटेका यूवा तथा हाल नेकपामा आवद्ध भएकाले समेत मतदान गरेर विजय गराउने प्रतिक्रिया दिएका छन् । यता माओवादी केन्द्रले समेत पार्टीबाट अलग भएकाहरू पार्टीमै फर्कन थालेको जनाएको छ ।

केन्द्रको अधिकार जिल्ला हुदै वडासम्म पुग्ने गरी स्थानीय निकायको पुर्नसंरचनालाई समेत बहिस्कार गर्ने केन्द्रिय निति प्रति असहमति जनाएकाहरुले पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन् । यता नेकपा माओवादीले भने बहिस्कारको अभियानलाई सहर देखी गाउँकेन्द्रित बनाइरहेको छ । जिल्लाका प्रमुख प्रशासनीक केन्द्रमा बहिस्कारको पोष्टर देखी दुर्गम क्षेत्रमा समेत निर्वाचनको बहिस्कारमा आफ्ना पार्टीका नेता कार्यकर्ता परिचालित भएको जनाएको छ । दुईचार जना विचलित भएपनि सम्रगमा पार्टीलाई कुनै असर नगर्ने नेकपाको भनाई छ ।

नेकपाका जिल्ला नेता फिल्टरले बहिस्कारबाट कुनैपनि हालतमा पछाडी नहट्ने बताउँदै अनावश्यक हल्ला भएको बताए । उनको नेतृत्वमा बहिस्कारको पोष्टर टाँस गदैं हिडेका यूवाले समेत बहिस्कारको अभियान यूवाहरु सक्रिय रहेको बताएका छन् । जिल्लामा निर्वाचनको चहलपहल बढ्न थालेपछि दैनिकजसो पार्टी प्रवेशको लहर चलेको छ । वडास्तरमै चुनावी अभियानलाई केन्द्रित गरेका दलले विभिन्न एजेण्डामा प्रतिबद्धता जनाउँदै पार्टीमा आर्कषित गरिरहेका छन् । गाउँमा सक्रिय रहेकालाई धमाधम प्रवेश गराउने होडवाजीले वडाको निर्वाचनमै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

१ नगरपालिका र ५ गाउँपालिका रहेको जिल्लामा ०७० सालको दोस्रो संविधान सभाको निर्वाचन यता करिव १४ हजारको हाराहारीमा नयाँ मतदाता थपिएका छन् ।स्वतन्त्र मतदाताको मत नै निर्णायक हुने भएकाले पनि गाउँमा समाजिक कार्यमा सक्रिय यूवा र बुढापाकालाई पार्टी प्रवेशमा दलले प्राथमिकता दिइरहेका छन्। जिल्लामा कांग्रेस, एमाले र माओवादी केन्द्र विच कडा प्रतिस्पर्धा हुने छ । दोस्रो संविधान सभामा कमजोर माओवादीले दाहाल नेतृत्वको सरकारको सदुपयोग गदैं सडक सहितमा आवश्यक योजनामा बजेट ल्याउन सफल भएकाले पनि स्थानीय तहको निर्वाचनमा त्यसको प्रभाव देखाउन सफल भएको छ ।