ब्लड क्यान्सर पिडित जिल्लाको मंगला गाउँपालिका–२ हिदीकी ५ बर्षिया बालिका जेनिशा रोकाको उपचारमा आर्थिक समस्या देखिएको छ । साविकको कुहुँ गाविस–९ मा अवस्थित शिद्धशान्ति माविमा बालविकासमा अध्ययरत रोकाक करिव दुईसाता अगाडी पोखरामा उपचारको क्रममा काठमाण्डौ लैजान अनुरोध गरेपछि शिक्षण अस्पतालमा उपचारको क्रममा रगत खरावी भएको बताएको जेनिशाको आमा जमुना रोकाले बताईन् ।

‘समान्य विरामी सम्झिएर काठमाण्डौ आएका थियौं । उपचारमा धेरै खर्च हुन्छ भनेका छन’ रोकाले बेनीअनलाइनलाई भनिन् ।नियमित औषधी, सेतो रगत र अन्य खर्चको जुटाउन समेत मुस्किल भएको भन्दै उनले सहयोगको याचना समेत गरेकी छन् ।

‘जेठी छोरीलाई हामीसंग भएको पैसाले बचाउन मुस्किल छ, उपचारमा सहयोगको पखाईमा छु’ उनले भनिन् । एक छोरी र एक छोरा रहेको जमुना समान्य कृषि पेशामा आवद्ध छिन् । उपचारमा करिव ५० हजार खर्च भइसकेको छ । हालसम्म समान्य खर्च भइरहेपनि थप आर्थिक जुटाउन चिकित्सले जानकारी गराएपछि अलमलमा परेकी जमुनाले आफन्तलाई सहयोगको बिलौना समेत गरेकी छन् । हरिकृष्ण गौैतम

थप जानकारीको लागि पिडितको आफन्त : 9805124335, 9825120726

विज्ञापन