ब्लड क्यान्सर पिडित ५ बर्षिया बालिकाको उपचारमा चासो

0

ब्लड क्यान्सर पिडित जिल्लाको मंगला गाउँपालिका–२ साविकको कुहुँ गाविस–९ हिदीकी ५ बर्षिया बालिका जेनिशा रोकाको उपचारमा स्वदेश तथा विदेशमा रहेका म्याग्देली सहित नेपालीले सहयोगको प्रतिबद्धता जनाएका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएको खवर बेनी अनलाइनमा प्रकाशित भएपछि कुहुँ समाज काठमाण्डौले ५ हजार सहयोगको प्रतिबद्धता जनाएको छ । त्यस्तै हिदीमा रहेका यूवा क्लव, थाईवाङमा समेत आर्थिक सहयोग संकलन सुरु भएको छ ।

बालिकाको उपचारमा विदेशीले समेत सहयोगको प्रतिबद्धता जनाएका छन् । हिदीको शिद्धशान्ति माविमा बालविकासमा अध्ययरत रोकाक करिव दुईसाता अगाडी पोखरामा उपचारको क्रममा काठमाण्डौ लैजान अनुरोध गरेपछि शिक्षण अस्पतालमा उपचारको क्रममा ब्लड क्यान्सर भएको चिकित्सकले बताएपछि परिवारले सहयोगको अपिल गरेका थिए । नियमित औषधी, सेतो रगत र अन्य खर्चको जुटाउन समेत मुस्किल भएपछि आफन्तबाट ऋणको समेत ब्यवस्था गरी उपचार सुरु गरिएको थियो । नेपाल सरकारले निशुल्क भनेपनि धेरै औषधी सहित उपचारमा खर्च हुने गरेको छ । उपचारमा करिव ७० हजार खर्च भइसकेको छ ।
थप जानकारीको लागि पिडितको आफन्त : 9805124335, 9825120726