बेनी नगरपालिकाको उपप्रमुखमा एमालेबाट तीजना सिफारिस

0
259

नेकपा एमाले म्याग्दीले बेनी नगरपालिकाको उप प्रमुख अर्थात उप मेयरमा तीनजना महिलाको नाम सिफारिस गरेको छ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा प्रस्तावित महिला आकांक्षी विच सहमतिको प्रस्ताव गरिएपनि सफल सहमति जुट्न नसकेपछि दुईदिनसम्म बसेको बेनी नगरपालिका कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य मुना बानियाँ, म्याग्दी बहुमुखी क्याम्पसकी पूर्व स्ववियू सभापति दुर्गा कार्की र जिल्ला कमिटी सदस्य पशुपति शाहीलाई प्रस्ताव गरिएको नेकपा एमाले नगर कमिटीले जनाएको छ ।

्प्रस्तावित तीनजनाको नाम प्रदेश संगठन कमिटीमा सिफारिस गरिएको छ । प्रदेश कमिटीमा सिफारिस गरिएका मध्ये एक जनालाई टिकट दिने छ । यसैविच मेयर बारे अझै टुंगो लागेको छैन् । मेयर पदमा १० जनाले दावी गरेपछि दुईदिनसम्म लगातार बसेको बैठकले विभिन्न माध्यम अपनाएपनि अन्तिममा आन्तरिक मतदानको तयारीलाई रोकेर सहमितको प्रयासलाई जारी राखेको पाटी स्रोतले जनाएको छ । स्रोतका अनुसार १० जना मध्ये ६ जनाले दावी छोडेका छैनन् । मेयर पदका उम्मेदवारका आकांक्षी मध्ये तीजनाको नाम प्रस्ताव गर्ने विषयमा सहमति नजिक पुगेको छ ।