जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले यूवा नेता नारायण पुनलाई उम्मेदवारी बनाउने भएको छ । बिहिरबार नेकपा एमाले म्याग्दीले जिल्लाका पाँचवटा गाउँपालिका मध्ये अन्नपुर्ण गाउँपालिकाको उम्मेदवारीको टुंगो लगाएको नेकपा एमाले म्याग्दीका यूवा नेता एवम् यूवा संघका विदेश विभाग प्रमुख सन्तोष रावलले बताए । उत्तरी म्याग्दीमा एमालेलाई बलियो बनाउन सक्रिय रहेका पुनले २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा समेत एमालेलाई राम्रो मत ल्याउन सक्रिय भएका थिए ।

नेकपा एमालेको तर्फबाट नरदेवी पुन राज्यमन्त्रीको स्वकिय सचिव समेत भएका पुनले जित्ने दावी एमालेले गरेको छ । पर्यटकीय, कृषि, धार्मिक, जलविद्युत लगाएत आर्थिक रुपमा जिल्लाका अन्य गाउँपालिकाको तुलनामा ब्यापक सम्भावनायुक्त मानिएको अन्नपुर्ण गाउँपालिका आफ्नो पक्षमा पार्न राजनीतिक दलले अन्तिम गृहकार्य गरिरहेको अवस्थामा एमालेले पूर्व अनुमानलाई चिदैं यूवा उम्मेदवारलाई चुनेको हो । एमालेका पुराना नेता एवम् स्रोतब्यक्ती भरत पुनको संयोजकत्वमा टोली परिचालन गरेको थियो ।

पुन र कांग्रेसका तर्फबाट पर्यटन ब्यवसायी डम बहादुर पुन विच कडा प्रतिस्पर्धा हुने निश्चित छ । कांग्रेसको बलियो उम्मेदवारलाई टक्कर दिन सक्ने यूवाका रुपमा एमालेले नारायणलाई अगाडी सारेपछि चुनावी सर्गर्मी बढेको छ । जिल्लाका अन्य गाउँपालिकाको जनसंख्याको अनुपातमा सबैभन्दा थोरै १३ हजार ३१५ रहेका गाउँपालिकामा माओवादी केन्द्रले तालमेलको संकेत देखाएपनि शिखका बागविर पाईजा र भुरुङ तातोपानीका बुद्धि पुन, नारच्याङका कुलविर पुनको चर्चा धेरै छ । गाउँपालिका अन्र्तरगत राम्चे, हिस्तान, घार, शिख, नारच्याङ, दाना, भुरुङ तातोपानी र दोवामा रहेका ५ हजार ६८ पुरुष र ५ हजार ४५० महिला र १ जना तेस्रो लिङ्गी मतदाता गरी १० हजार ५१९ मतदाता रहेका छन् ।