३९ लाखको लगानीमा चौरीपालन

0
Rff}+/Lsf] r/g DofUbLsf] vf]k|fn]s glhssf] vs{df rb}{ u/]sf rf}+/L . kfp4f/ / gfuLsf b'O{ ljBfno ;~rfngsf nflu oxfF rf}/Lkfng ul/Fb} cfOPsf] 5 . Tf:jL/ M w'|a;fu/ zdf{, /f;;

गोपाल छन्त्याल
दुई किसानले ३९ लाख रुपैयाँको लगानीमा चौरीपालन सुरु गर्नुभएको छ। चौरीको छुर्पी र चीज उत्पादन गर्ने लक्ष्यसहित अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका प्रेम पूर्जा र लोकबहादुर पाइजाले एक बर्षदेखि संयुक्त रुपमा चौरीपालन सुरु गर्नुभएको हो। २०५५/५६ सालदेखि चौरीपालन व्यवसाय गर्दै आएका प्रेमसँग यस सम्बन्धि धेरै अनुभव छ। वैदेशिक रोजगारबाट फर्केका लोकबहादुरले स्वाँत बयलीमा होटल व्यवसाय समेत सञ्चालन गर्दै आएका छन्। चौरीको आलो रगत र मासुको माग बढ्दै गएपछि त्यसलाई थप विस्तार गर्ने र छुर्पीसहितका परिकारहरु बनाउने उद्देश्यले संयुक्त लगानीमा व्यवसाय सुरु गरिएको प्रेमको भनाइ छ।

‘खोप्रालेकमा एकसय भन्दा बढी चौरीबाट हामीले व्यवसाय सुरु गरेका हौँ, म निरन्तर यो पेशामा छु, अहिले साथी पनि थपिएपछि उत्साह बढेको छ’, प्रेमले भन्नुभयो, ‘सुरुमा हिमाल पारिको जिल्ला मुस्ताङबाट २० वटा चौरी ल्याएर यो क्षेत्रमा मैले व्यवसायिक रुपमा पाल्न सुरु गरेको थिएँ।’ खोप्रालेक र बयलीमा बर्षको दुईपटक साउन र फागुन महिनामा चौरीको आलो रगत पिउने मेला आयोजना गरेर उनीहरुले रगत र चौरी मासु बिक्री गर्छन्। उच्च हिमाली क्षेत्रमा पाइने विभिन्न यार्सागुम्बु, जटामसी र पाँचऔले जस्ता बहुमूल्य जडिबुटी समेत खाने चौरीको आलो रगत पिएमा ग्याष्ट्रिक, दुब्लोपन, छालासम्बन्धि रोग र शारीरिक स्फूर्ती बढ्ने जनविश्वासमा सयौँको संख्यामा सर्वसाधारण त्यहाँ पुग्छन्।

प्रति गिलास ६० रुपैयाँका दरले रगत बिक्री हुन्छ। रगत पिउन आसपासका गाउँका साथै मुस्ताङ, पोखरा, पर्वत र बागलुङबाट समेत सर्वसाधारण त्यहाँ पुग्छन्। त्यही बेलामा चौरीको मासु समेत बिक्री गर्ने गरिएको किसान लोकबहादुर पुनको भनाइ छ।‘सर्वसाधारणसँगै पर्यटकले पनि चौरीको मासु बढी खाने गर्छन्, दुईपटक आयोजना हुने मेलाबाट हामीले चार लाख रुपैयाँ आम्दानी गर्छौ’, उहाँले भन्नुभयो, ‘हिउचितुवा र भीरपहराबाट जोगाउन सकियो भने यो व्यवसायबाट राम्रै आम्दानी हुन्छ।’ चौरीलाई उचित पोखरी, विभिन्न समयमा परजीवि नियन्त्रण शिविर आदि सञ्चालन गरेमा संख्या बर्षेनी बढ्दै जाने किसानहरुको अनुभव छ।

Rff}+/Lkfng
DofUbLsf] lzv–% sf k|]daxfb’/ k’hf{ / nf]saxfb’/ kfOhfn] ? $) nfv nufgL u/]/ ;’? u/]sf] rf}/Lkfng . rf}/Lkfngaf6 jflif{s ?= kfFr nfv cfDbfgL x’g] pgLx? atfpF5g . tl:a/M sdn vqL, DofUbL,/f;;

‘सुरुमा २० वटा मात्र थियो अहिले एक सय १५ भन्दा बढी छ, यसलाई हेरचाहका लागि एउटा गोठालो राखेका छौँ’, उहाँले भन्नुभयो। चौरीगाईको दूधबाट छुर्पी र चीज बनाउन सकिने भएपनि त्यसलाई व्यवस्थित बनाउन नसक्दा समस्या भएको छ। गोठ र गोठालोको व्यवस्था गरेर पहिलो चरणमा छुर्पीका लागि आवश्यक दूध संकलन गर्ने योजना उनीहरुको छ। ‘छुर्पीका लागि आवश्यक सीप, तालिम र प्रविधिका विषयमा हामी छलफल गरिरहेका छौँ, छुर्पी बनाउन सकियो भने, आम्दानी दोब्बर हुनेछ’, उहाँले भन्नुभयो, ‘अहिले सबै गरेर बार्षिक ३ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।’
पर्यटकीय क्षेत्र घोरेपानी, भुरुङतातोपानी, घान्द्रुक, वयलीखर्क लगायतका स्थानमा छुर्पीको माग उच्च भएपनि पोखरा लगायतका सहरबाट आयात गर्नुपर्ने बाध्यता छ। गाउँमै तयार पार्न राम्रो आम्दानी गर्न सकिने उनीहरुको विश्वास छ।

जिल्ल पशु सेवा कार्यालयका पशु प्राविधिक डिल्ली रेग्मीले शिखघा र पाउद्वार क्षेत्रमा संस्थागत र साझेदारीमा चौरीपालन व्यवसाय फस्टाउँदै गएको बताउनुभयो।कार्यालयले पोखरी र गोठ निर्माणका लागि बर्षेनी सहयोग गर्दै आएको उनले बताए। ‘यसबर्ष पनि एकलाख ५० हजार रुपैयाँ सहयोग गरेका छौँ, त्यो रकम पोखरी र बाटो मर्मतमा खर्च गर्नुपर्नेछ’, उहाँले भन्नुभयो।