कांग्रेस म्याग्दीले कुन–कुन वडाका उम्मेदवार टुंगो लगायो

0

स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले बेनी नगरपालिका र केही गाउँपालिकाका वडा अध्यक्षको टुंगो लगाएको छ । स्थानीय तहको पुनः संरचना अनुसार जिल्लामा रहेका १ नगरपालिका र ५ गाउँपालिकाको उम्मेदवारी छनौटलाई तिब्रता दिएको पार्टीले जनाएको छ । नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य अजय मिलन श्रेष्ठले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार बेनी नरपालिका वडा–१ मा अर्जमका छविलाल श्रेष्ठ, बेनपा–२ मा बगरफाँटका प्रताप मल्ल, बेनपा–३ भकिम्लीमा क्याप्टेन जस बहादुर पुन, बेनपा–७ बेनीबजार रमेश कुमार श्रेष्ठ, बेनपा–८ धनप्रसाद श्रेष्ठ, बेनपा–१० पात्लेखेत रिमप्रसाद रोका रहेका छन् ।

बेनी नगरपालिकाका बाँकी वडामा आकाँक्षीको संख्या धेरै भएकाले केहीदिन भित्र सर्वसम्मतिमा उम्मेदवार चयन गर्ने पार्टीले जनाएको छ । त्यस्तै मंगला गाउँपालिका अन्र्तरगत वडा नम्बर १ कुहुँमा क्याप्टेन केशर बहादुर जिसी, सोही गाउँपालिकाको वडा–५ मा दुर्गा बहादुर खत्री बाहेक अन्य वडामा रहेका आकांक्षीहरु संग छलफल भइरहेको छ । त्यस्तै मालिका गाउँपालिका वडा नम्बर-१ निस्कोट टंक प्रसाद पु्न, वडा नम्बर–२ रुम तारा बहादुर रोका, वडा नम्बर–३ रुमडाँडा कुलमान पटेल,वडा नम्बर–४ ओखरबोट भिजेन्द्र मान पुन, वडा नम्बर–५ देविस्थन पिपला बुढा, ६ नम्बर वडामा शिवनारायण फगामी र ७ नम्बर वडामा पहलवीर जुग्जालीको टुंगो लागेको छ । उता धौलागिरि गाउँपालिका–२ लुलाङमा ज्ञान बहादुर पाईजा, ४ नम्बर मुदीमा हर्ष बहादुर पुनको टुंगो लागेपनि अन्य वडामा छलफल भइरहेको छ ।

केन्द्र विवादले अलमलमा परेको राहुघाट गाउँपालिकामा कांग्रेसले समेत सहमति र जनतालाई सहज हुने गरी ब्यवस्थापनमा जोड दिएकाले उम्मेदवारलाई टुंगो लगाएको छैन् । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका अन्र्तरगत– ३ दानामा लेप्टेन बेल बहादुर पुन, वडा नम्बर –४ नारच्याङमा चन्द्रप्रसाद फगामी, वडा नम्बर –६ घारमा कृष्ण बहादुर बरुवाल, ७ नम्बर वडामा गम बहादुर फगामी र ८ नम्बर वडा राम्चेमा लक्ष्मण पुनलाई मैदानमा उतारेको छ । वडा अध्यक्षको चयनसंगै चुनावी प्रचाप्रसारलाई समेत तिब्रता दिएको छ । कांग्रेसले मालिका गाउँपालिका प्रमुखमा श्रीप्रसाद रोका, उपप्रमुख बिमला पुन र अन्नपुर्ण गाउँपालिका प्रमुखमा क्याप्टेन डम बहादु्र पुनको टुंगो लगाएको छ ।