मंगला गाउँपालिकाको हिदीमा ९ दिने अभ्यास गरेर फर्किए वाईसीयल

0

स्थानीय निकायको निर्वाचनलाई लक्षित गरेर माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट लिग वाईसीयले हिदीमा ९ दिने अभ्यास गरेको छ । माओवादी जनयूद्धका सैन्य कमाण्डर, जिल्लाका नेताहरूहरुको उपस्थितीमा चुनावी रणनीति सहित अभ्यासमा करिव १ सय यूवाहरूको उपस्थिती रहेको थियो ।

मंगला र मालिका गाउँपालिकाको सिमानमा अवस्थित विकट हिदीमा गाउँपालिका अन्र्तरगतका वाईसीयललाइ प्रशिक्षण दिइएको वाईसीयल म्याग्दीका उपाध्यक्ष नगेन्द्र केसीले बेनीअनलाइनलाई बताए । ‘निर्वाचनलाई सफल बनाउन अभ्यासमा जुटेका छौं । हरेक गाउँपालिकामा अभ्यास गरिन्छ’ केसीले भने। उनले पार्टीको केन्द्रिय कार्यक्रम अन्र्तरगत हरेक केन्द्रमा वाईसीयको उपस्थिीति रहने छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले म्याग्दीमा गरेका विकास सहितका कार्यक्रम, योजनालाई जनताको घरदैलोमा पुर्याउनुका साथै स्थानीय तहमा प्राप्त उपलब्धीलाई रक्षा गर्ने पार्टीको अभियानलाई जनतामाझ पुर्याउन समेत वाईसीयलले भूमिका खेल्ने बताइएको छ । ९ दिनसम्म गाउँपालिकाको अति विकट क्षेत्रमा अभ्यासमा जु्टेका यूवालाई स्थानीयले स्वागत समेत गरेका थिए ।

अभ्यासको क्रममा चुनावी रणनिती, कार्यदिशा सहित अवरोध भए प्रतिकार गर्न सकिने सम्मको अभ्यास गरिएको थियो । माओवादीको जनयूद्धका कमाण्डर, म्याग्दीका खेलकुद प्रशिक्षकले शाररीक अभ्यासको तालिम समेत दिएका थिए । हालै अधिवेशन गरेको वाईसीयलले जिल्लामा आफ्नो पुरानो शक्तीलाई फर्काउने उद्घोष समेत गरेको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका र ५ गाउँपालिकाका यूवालाई परिचालन गर्ने गरी माओवादीले जिल्ला देखी गाउँपालिकासम्मको योजना समेत तयार पारेको स्रोतले जनाएको छ । अभ्यासको समापनको अवसरमा हिदीबाट दरवाङ हुदै मार्चपास समेत गरेका थिए ।