आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट हरिकुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । सोमबार पार्टी कार्यालयमा मेयर पदमा सिफारिस गरिएका नेताहरुबाट श्रेष्ठ घोषणा गरिएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका श्रेष्ठ म्याग्दी बुहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष सहित जिल्लाका धेरै संघसंस्थाको नेतृत्व गरिसकेका छन् । पाटीबाट श्रेष्ठ, अर्का सचिव क्याप्टेन मिन बहादुर कार्की र नेता नेत्र बहादुर महतलाई सिफारिस गरिएको थियो ।

नेपाली कांग्रेसको गतबर्ष सम्पन्न अधिवेशनबट निर्वाचित सचिव समेत रहेका श्रेष्ठलाई मेयर पदमा निर्वाचित गराउन समेत कांग्रेसले मतदातालाई अनुरोध गरेको छ। स्वच्छ छवी र जिल्लाकौ शैक्षिक सहित विभिन्न संघसंस्थामा समेत सफलतापूर्वक नेतृत्व गरेकाले बेनी नगरपालिकाको भिजनलाई कार्यान्वयन गर्न समेत सक्षम रहेको जिल्लाक कार्यसमिति सदस्य अजय मिलन श्रेष्ठले बताए ।‘सहर देखी गाउँसम्म जोड्न सक्ने क्षमता भएका नेता मेयरमा उठ्दै हुनुहुन्छ ।उहाँका विगतका गतिविधिलाई समेत नगरबासीले नजिकबाट मुल्याङ्कन गरेका छन्’ उनले भने । १० वटा वडा रहेको बेनी नगरपालिकामा पुरुष ८ हजार ५०३ र महिला ९ हजार ८४२ कुल १८ हजार ३४५ मतदाता रहेका छन् ।