विरामी भएपछि अस्पतालमा भर्ना भएका रघुगंगा गाउँपालिका–४ दग्नाम माझिगाउँका अमृत गर्बुजाको स्वास्थ्य परिक्षण गरेपछि चिकित्सकले दुवै मृगौलामा खरावी आएको बताएपछि उनले सबैभन्दा पहिले घरमा रहेकी आमा दिलकुमारीलाई सम्झिए । अस्पतालमा उपचारको क्रममा घरबाट फोन आउँदा समेत उनले आमालाई धेरैपटक आमालाई मृगौलाको समस्या सुनाएनन् । आफ्नो रोगलाई लुकाउने प्रयास गरेपनि आर्थिक र मृगौला प्रत्यारोपणको प्रक्रियाका कारण बाध्य भएर परिवारका अन्य सदस्य हुदै आमासम्म उनले वास्तविकता पुर्याए ।

एक दाई,दुई दिदी र एक बहिनीलाई सहज भन्न सक्ने अमृतले आमाले चिन्ता गर्ने भन्दै जीवन संग संघर्ष गर्दा उनले पलफलमा आमालाई सम्झने गरेका थिए । मृगौला रोगको उपचारमा स्वदेश तथा विदेशमा रहेका दग्नामबासीले ११ लाखभन्दा धेरै आर्थिक जुटाएपनि आमाको मृगौलाले नयाँ जिवन पाएका अमृतले मातापितालाई वास्तविक भगवान सम्झन्छन् । ‘नौ महिना अनेक संघर्ष गरेर कोखमा राख्नुभयो, त्यही कोखबाट अर्को जन्म पनि मलाई दिनुभयो’ अमृतको भनाई उद्धित गदै दग्नाम बैदेशिक सहयोग समिति बराइनका मोहन तिलिजाले बेनीअनलाइनलाई भने ।

१३ लाख आर्थिक खर्च हुदाँ समेत अन्तिममा आमाको मृगौला आफ्नो शरिरमा प्रत्यारोपण गरेपछि नयाँ जीवनमा रमाइरहेका छन् ।आफुँले पीडा बोक्दै छोरालाई नयाँ जीवन दिएकी दिलकुमारीले समेत छोराको स्वास्थ्य लाभको कामना संगै हरेक समय छोराको रेखदेख गर्ने गरेकी छन् । जिल्लाको विकट गाउँमा जन्मिएर कलिलै उमेरदेखी संघर्ष गरेकी दिलकुमारीले छोराछोरी स्वस्थ भए आफुँलाई केही नचाहिने बताउँछिन् । छोरालाई मृगौला दिएको थाहा पाएका गाउँले र आफन्तले उनलाई भेटेर धन्यवाद समेत दिने गरेका छन् ।

अमृतलाई आमाले मृगौला दिने जानकारी पाएपछि आर्थिक संकलनमा समेत तिब्रता पाएको थियो । शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, मातृदेवो भव भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ। कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ जसको आमाले ब्यवहारमै प्रयोग गरी दैनिकजसो पुष्टी गरिरहेका छन् ।

विज्ञापन